सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ फागुन ।
विवाह सम्बन्धी कसुरमा पक्राउ परेका पाँच जना विरुद्ध कारवाही सुरु भएको छ ।
सुनको सिक्रि नपाएको भन्दै विवाह छोडेर जाने क्रममा वीरगंज महानगरपालिका वडा नं.२४ स्थित रामगढवाबाट पक्राउ परेका बेहुला सहित ५ जना विरद्ध कारवाही सुरु भएको हो ।
वीमनपा वडा नं. २४ रामगढवामा विवाहको लागी जन्ती लिएर आएका बेहुला बारा जिल्ला कलैया उ.म.न.पा.वडा नं.४ बस्ने वर्ष २८ को उमेश साह गोढले सामाजिक परम्परा अनुसार विवाह भइरहेको अवस्थामा आइतवार अन्दाजी रातीको २ बजे दाईजो स्वरूप सुनका गहानाहरू, नगद, मोटरसाईकल, ल्यापटप, कपडा पाएतापनि सुनको सिक्री नपाएको भन्दै निजका आफन्तहरूले समेत वेहुली पक्षसंग वाद–विवाद तथा हातपात समेत गरी विवाह छोडेर जान लागेको अवस्थामा सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
विवाह छोडेर जान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको बेहुला उमेश साह गोढ सहित उनका बुवा बच्चालाल साह गोढ, दाईहरु राकेश कुमार साह र मुकेश कुमार साह र बेहुलाको भिनाजु परवानीपुर गा.पा.वडा नं.५ को रामएकवाल साह विरुद्ध विवाह सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद लिई कारवाही भइरहेको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box