सहारा संवाददाता–––––––––––––––
गौर, २५ फागुन ।
धर्म निरपेक्षता खारेजी अभीयानका केन्द्रीय संयोजक तथा राष्ट्रीय नागरीक संघर्ष समीतीका सचिवालय सदस्य डा. राजीव झाले संविधान २०४७ ले सबै समस्या समाधान गर्ने बताउनु भएको छ ।
राष्ट्र, राष्ट्रीयता, धर्म संस्कृति र नागरिक बचाउ महाअभीयानले शुक्रवार रौतहट जिल्ला स्थित चन्द्रपुर नगरपालिकामा आयोजित कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।
उहाले राष्ट्रको वर्तमान अवस्थाबाट केवल संविधान २०४७ ले मात्र निकास दिने बताउदै मुलुकको अवस्था परिवर्तनका लागी व्यवस्था बदल्न तर्फ अग्रसर हुन आम जनतामा अहृवान गर्नु भयो ।
राष्ट्र, राष्ट्रीयता, धर्म संस्कृति र नागरिक बचाउ महाअभीयानले चन्द्रपुर नगरपालिकामा बैंक, लघुबीत्त तथा सहकारी पीडीतहरु सहित बिरोध जुलुस प्रदर्शन गरेका छन ।
प्रदर्शनका क्रममा उनीहरुले सुन तस्कर मुर्दाबाद , हत्यारा सरकार मुर्दावाद , घर जग्गा लिलाम गर्न बन्द गर, गरीब लाई बाच्न दे, २० लाख मुनीको कर्जा मिनहा गर, २०४७ को संविधान लागु गर जस्ता नारा लगाएका थिए ।
Facebook Comments Box