सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ फागुन ।
महाशिवराक्रीको अवसरमा शुत्रवार शिवालय संगसंगै अन्य मठमन्दिरमा पनि भक्तजनहरुको घुइचो लागेको थियो ।
हिन्दु धर्मावलम्बीहरुको एक विशेष पर्वको रुपमा रहेको महाशिवराक्रीको अवसरमा शुत्रवार वीरगंज स्थित अलखियामठ, वीरगंज महानगरपालिका वडा नं. १४ पिपरा स्थित चिनी मिल आवास क्षेत्र परिसरमा रहेको पशुपतीनाथको मन्दिर लगायत मठ–मन्दिरहरुमा भक्तजनहरुको विशेष पुजा आराधना गरेका छन ।
फागुन कृष्ण चतुर्दशीको दिन मनाइने यो पर्वमा खासगरी महिला श्रद्धालुहरुले रातभर जाग्राम बसेर भगवान शिवको आराधना गर्ने गर्छन् । शिवलिंगमा जल, दुध र बेलपत्र चढाएर महिलाहरुले विशेष पुजा आराधना गरेका छन ।
शिवरात्रीको अवसरमा अविवाहित युवतीले असल वरका लागी शिवको प्रर्थाना गर्ने गर्छन भने विवाहित महिलाहरुले आफ्ना पति र परिवारको दिर्घायुको कामना सहित श्रद्धा पुर्वक व्रत वसेर पुजा अर्चना गर्ने चलन रहेको पण्डित अरविन्द चौवेको भनाइ छ ।
धार्मिक मान्यता अनुरुप सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि भगवान शंकर ब्रम्हाबाट रुद्रको रुपमा अवतरण भएका थिए । प्रलयको बेलामा यसै दिन भगवान शिवले तान्डव नाच्दै ब्रम्हान्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेका थिए । त्यसैले यस दिनलाई महाशिवरात्री वा कालरात्रि पनि भनिन्छ ।
शिवराक्रीको अवसरमा शुत्रवार वीरगंज स्थित शिवालयका साथै गहवामाई मन्दिर, गिता मन्दिर, वैष्णो देवी माता मन्दिर लगायत शक्तिपिठहरुमा भक्तजनहरुको घुइचो लागेको थियो । तस्वीरहरुः विकास रौनियार