सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ फागुन ।
वीरगंज महानगरपालिका वडा नं. १६ गणेशटोल स्थित एक कवाड गोदामबाट लागु औषध गाँजा प्रहरीले बरामद गरेको छ ।
सुचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी गणेशटोलबाट खटिएको संयुक्त प्रहरी टोलीले वीमनपा वडा नं. १६ गणेशटोल स्थित ४० फिटे सडक छेउमा रहेको कवाड गोदामबाट लागु औषध गाँजा बरामद गरेको हो ।
सिमावर्ती भारतीय सहर रक्सौल निवासी अरविन्दको कवाड गोदममा बुधवार विहान ११ बजे प्रहरीले छापामारी गरी साढे ४ किलो लागु औषध गाँजा बरामल गरेको वप्रका विर्ताका प्रमुख प्रनि पुष्कर बोगटीले जानकारी दिनु भयो ।
उहाले अहिले अनुसन्धान कै क्रममा रहेकोले विस्तृत विवरण दिन नमिल्ने बताउनु भयो ।