सहारा दैनिक

spot_img
Homeदेशमधेशखुद्रा सामानहरु लोड ट्रक नियन्त्रण

खुद्रा सामानहरु लोड ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ फागुन ।
बिल बिजक भन्दा बढी विभिन्न किसिमका खुद्रा सामानहरु लोड रहेका ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुचनाको आधारमा प्रहरी चौकी परवानीपुरबाट खटिएको चेकिङ टोलीले गए राती वीरगंज महानगरपालिका वडा नं.२१ हनुमानचोक स्थित सडकखण्डबाट विभिन्न किसिमका खुद्रा सामानहरु लोड रहेका ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले ना.३ ख ७५९१ नम्बरको मालवाहक ट्रकलाई रोकेर चेकजाँच गर्दा लोड रहेको मालबस्तुहरु इल्क्ष्ल्भ् ीख्ऋत्क् विलमा उल्लेखित भन्दा बढी लोड रहेको आशंका रहेको तथा सो विल बिजक संकास्पद देखिए पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नियन्त्रणमा लिएको ट्रकभित्र लोड रहेको कपडा तथा खुद्रा समानहरूको (उल्लेखित विल अनुसार) अ.मु.रू.२५ लाख ८८ हजार ९ सय ५७ मुल्यांकन गरी आवश्यक कारवाहीको लागि बुधवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -