अनिल तिवारी–––––––––––––––
काठमाडौं, २३ फागुन ।
नयाँ सत्ता गठबन्धन गठन भएको दुइ दिन नबित्दै सरकार संकटमा पर्ने संकेत देखिन थालिएको छ ।
सरकारमा सहभागीताको लागी मन्त्रिमण्डलको बांडफांड सन्तुलित नहुने भएपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तत्कालका लागी सरकारमा सहभागिताबाट पछि हटेको जसपा श्रोतले दाबी गरेका छन् ।
जसपाको बुधबार बसेको कार्यकारिणी सदस्य तथा सांसदहरुको बैठकमा अधिकांश नेताहरुबाट विद्रोहको धम्की आए पछि अध्यक्ष यादव पछि हटेको एक केन्द्रिय नेताले बताए ।
सरकारमा सहभागीताको लागी मन्त्री कसलाई बनाउने सम्बन्धमा अध्यक्ष यादवले डाकेको बैठकमा बहुमत सांसदहरुले एमाले र माओवादी सहितको गठबन्धनमा सहभागीताको बिरोध गर्दै विद्रोहको धम्की दिएको कारण अध्यक्ष यादव पछि हट्न वाध्य भएका श्रोतको दाबी छ ।
उपप्रधानमन्त्री तथा बिदेशमन्त्रीको लोभमा वाम गठबन्धनमा जान अध्यक्ष आफै जान खोजेको आरोप उपेन्द्र यादव माथि लागेको छ ।
बैठकको बिरोधमा अध्यक्ष यादव गए पार्टि उनको नियन्त्रण भन्दा बाहिर जाने स्पष्ट संकेत पनि देखिएको श्रोतले जनाएको छ ।
बैठकमा सहभागी एक नेताले भने– यो गठबन्धनको बिरोधमा ८देखि १०सांसदहरु रहेका छन ,त्यसकारण पार्टिलाई जोगाउने उपेन्द्र यादव पछि हट्ने निश्चित छ ,नभए पार्टिको अध्यक्ष अरुकोही बन्ने अवस्था पनि सृजना हुन सक्छ ।
सत्तालोलुप्ताको आरोप लगाउदै अध्यक्ष यादव माथि पार्टिका प्रभावशाली नेता तथा सांसदहरुले विद्रोहको धम्की दिएका छन ।
नयाँ गठबन्धनमा सामेल हुन खोजेको जसपासंग १२ सांसद छन् । जसपाले साथ नदिए प्रचण्डलाई बहुमत पुग्न मुश्किल पर्न सक्छ ।
अर्को तिर सत्ता गठबन्धनका प्रमुख तीन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले मुख्य–मुख्य मन्त्रालय बांडफांड गरी भागवन्डा गरिसकेको चर्चा छ ।
जसपामा विद्रोहको अवाज चर्कियो
Facebook Comments Box