सहारा संवाददाता–––––––––––––––
वीरगंज, २२ फागुन ।
पर्सा प्रहरीले विभिन्न लागु औषध सहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ स्थित शंकराचार्य गेट र रजतजयन्ती चोकबाट विभिन्न लागु औषध सहित चार जनालाई पक्राउ गरेको हो ।
चेकिङ टोलीले सिमावर्ती भारतीय सहर रक्सौलबाट वीरगंज तर्फ आउदै गरेका सवारी साधन तथा पैदल याक्रीहरूलाई खानतलासी गर्ने त्रममा सोमवार बेलुकी मकवानपुर जिल्ला हेटौडा उ.म.न.पा.वडा नं.४ बस्ने वर्ष ३२ को गणेश घिमिरेको साथबाट नुरफिन २० एम्पुल, फेनारगन २० एम्पुल, डाइजेपाम २० एम्पुल र मकवानपुर जिल्ला बकैया गा.पा.वडा नं.५ बस्ने वर्ष ३५ को बिकाश भोलनले लगाएको जिन्स पाइन्टको खल्तीमा लुकाई छिपाइ राखिएको लागु औषध नुरफिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनारगन २५ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
त्यसै गरी प्रहरी चौकी इनर्वाकै चेकिङ टोलीले लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित दुई जनालाई वीमनपा वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट पक्राउ गरिएको प्रनाउ थापाले जानकारी दिनु भएको छ ।
भारतको रक्सौलबाट वीरगंज तर्फ आउदै गरेको प्र.२–०३–००८ प १४३४ नम्बरको स्कुटीलाई शंका लागेर रोकी खानतलासी गर्दा रौतहट जिल्ला गुजरा न.पा.वडा नं.३ कटानी बस्ने वर्ष ३२ को भिम बहादुर वाईवा र पछाडी सवार वर्ष २५ को मिलन तामाङ मध्येका स्कुटी चालक वाईवाले लगाएको हेल्मेटभित्र लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक वाहेक १२ ग्राम २४० मि.ग्राम फेला परेको प्रनाउ थापाले जानकारी दिनु भयो ।
लागु औषध सहित पक्राउ गरिएको ४ जना विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
Facebook Comments Box