सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० फागुन ।
केन्द्रिय मानन्धर संघद्वारा बारा जिल्ला स्थित प्रसौनीमा आयोजित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रिय मानन्धर संघ काठमाडौंको सहकार्यमा मानन्धरहरुको रीति थीति तथा संस्कृतिको बारेमा जनचेतना एवं संरक्षणकालागि आयोजित कार्यक्रम सम्पन्न भएको हो ।
मानन्धर गुठिको रीति थीति तथा संस्कृती बारे जानकारी आदान प्रदानका निम्ति आयोजित कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहप्रमुख अतिथि रहनु भएको थियो ।
प्रसौनी मानन्धर गुठीको भवनमा आयोजित कार्यक्रममा सहभागीहरूले मानन्धर समाजको कला, संस्कृति, रीतिरिवाजको संरक्षण, संवर्द्धन र प्रवर्धनमा सरकार उदासिन रहेको फ्रति चिन्ता व्यक्त गरेका छन ।
कार्यत्रममा सहभागीहरुले नेवारी पोषाकमा झांकि, धिमी बाजा सहित सांस्कृतिक कार्यक्रम प्रस्तुतीका साथै नेवारी खानाहरूको परिकार प्रस्तुत गरिएको कार्यक्रममा सहभागी रमेश मानन्धरले जानकारी दिनु भयो ।
सो अवसरमा प्रसौनी गाउपालिकाका अध्यक्ष बिनोद कु. कुशवाहा, केन्द्रिय मानन्धर गुठीका अध्यक्ष मनोज मानन्धर, विर्ता मानन्धर गुठी, पर्साका अध्यक्ष बिनोद मानन्धरलगायतको उपस्थिति रहेको थियो ।