सहारा दैनिक

spot_img
Homeदेशमधेशपुँजीगत खर्च बढ्न नसक्नु चिन्ताको विषय–महासचिव पोखरेल

पुँजीगत खर्च बढ्न नसक्नु चिन्ताको विषय–महासचिव पोखरेल

जनकपुरधाम, १८ फागुन (रासस)
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले पुँजीगत खर्च बढाउननसक्नु चिन्ताको विषय भएको बताउनुभएको छ ।
आज पार्टी कार्यक्रमका लागि महोत्तरी जानुअघि जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मी माझ कुराकानी गर्दै महासचिव पोखरेलले पुँजीगत खर्च बढ्न नसक्दा आवश्यक विकास हुन नसकेको बताउनु भयो ।
“पुँजीगत खर्च बढाउन सकिएको छैन । कर्मचारीको तलब दिन पनि ऋण लिन पर्ने अवस्था छ”, उहाँले भन्नुभयो । उहाँले सुशासन लगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
“अब राष्ट्रियसभाको अध्यक्षको निर्वाचन आउँदैछ । यस विषयमा एमालेको कुनै चासो छैन । हामी बेथितीविरूद्ध खबरदारी गरिरहन्छौँ”, पोखरेलले भन्नु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -