सहारा दैनिक

spot_img
Homeदेशबागमतीराष्ट्रियसभाको अध्यक्ष बारे औपचारिकरुपमा निर्णय भएको छैन–प्रधानमन्त्री दाहाल

राष्ट्रियसभाको अध्यक्ष बारे औपचारिकरुपमा निर्णय भएको छैन–प्रधानमन्त्री दाहाल

चितवन, १७ फागुन (रासस)
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले अहिलेको गठबन्धनलाई राम्रोसँग लैजान आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले गठबन्धनलाई राम्रोसँग लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “गठबन्धन राम्रैसँग गइराखेको थियो, राम्रैसँग लाने कुरामा हामी प्रतिबद्ध थियौँ र छौँ पनि ।” नेपाली कांग्रेसको हालै सम्पन्न महासमितिको बैठकले पनि केही चिज नयाँ हामीलाई आवश्यक नभएका कुराहरु उठेको भन्दै उहाँले यस विषयमा छलफल हुने बताउनुभयो ।
बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ता पार्टी भएकाले उठाउनु नपर्ने विषय उठेको गुनासो आएको भन्दै प्रधानमन्त्री दाहालले यस विषयमा छलफलबाट मात्रै टुंगो लाग्ने बताउनुभयो ।
आफूले राष्ट्रियसभामा कृष्णप्रसाद सिटौला जस्ता व्यक्ति आउनुपर्छ त्यसमा केही फरक हुन्छ भनेको भए पनि अहिले वातावरण परिवर्तन भएको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो विषयमा ठोस निर्णय भएको छैन । छलफल चलेको छ ।” पार्टीको बैठकले राष्ट्रियसभाको अध्यक्ष छोड्नु हुँदैन भनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “औपचारिकरुपमा लिखित निर्णय भएको छैन ।” कोशीमा माओवादी केन्द्रको उम्मेदवार पराजित हुने स्थिति कांग्रेसका कारण भएको भन्दै उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरु आक्रोशित भएको बताउनुभयो ।
फरक प्रसंगमा प्रधानमन्क्रीले चितवनबासीका लागि गौतमबुद्ध अन्तरराष्ट्रिय त्रिकेट रंगशाला र भरतपुर विमानस्थल निर्माणको कुरा सुखद रहेको बताउनुभयो । तीन वर्षदेखि बन्न नसकेको रंगशाला निर्माणका लागि संघीय सरकारले नीतिगत निर्णय गरेर बाटो खुलाएको बताउनुभयो । आफूहरुले पहिलादेखि नै सोचेको सपना पूरा हुन लागेको उहाँले बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -