spot_img
Homeदेशमधेशमहानगरको विकासमा भाषा, साहित्य तथा संस्कृतिको महत्वपूर्ण भूमिका छ–मेयर सिंह

महानगरको विकासमा भाषा, साहित्य तथा संस्कृतिको महत्वपूर्ण भूमिका छ–मेयर सिंह

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १७ फागुन ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले भाषा र संस्कृतीको विकास पनि बैभव वीरगंजका लागि अपरिहार्य रहेको बताउनु भएको छ ।
साहित्यिक चौतारी नेपालले दसौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको “पाठ्यक्रम विमर्श तथा भाषा साहित्य प्रशिक्षण” कार्यक्रमको उद्घाटन गर्दै मेयर सिंहले यस्तो बताउनु भएको हो ।
त्रिजुद्ध महाविर प्रसाद रघुविर राम माद्यामिक विद्यालय वीरगंजको सभाहलमा बिहिवारदेखि सुरु भएको दुई दिने प्रशिक्षणको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले वीरगंज महानगरको सर्वा·िन विकासका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार जस्तै भाषा, साहित्य तथा संस्कृतिको पनि महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।
उहाले विद्यार्थीलाई भाषा र संस्कारसंगै संस्कृती पनि सिकाउन जरुरी छ, यो कुरामा शिक्षकसंगै अभिभावकले पनि ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा साहित्यिक चौतारी नेपालका बरिष्ठ सल्लाहकार प्राध्यापक डा. देबी नेपालले भाषा तथा साहित्यको जगेर्नामा वीरगंज महानगरले गरी रहेका प्रयासको प्रसंशा गर्दै भोजपुरी भाषाको बाहुल्यता रहेको क्षेत्रमा नेपाली भाषा तथा साहित्य पढाउन चुनौतीपूर्ण भएपनि महानगरको ढाडसले सहज भएको बताउनु भयो ।
कार्यक्रममा नारायणी वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा. बिशम्भर शर्मा, लक्ष्मी साहित्य समाज पर्साका अध्यक्ष महेशचन्द्र गौतम, तुलसी भण्डारी, हृवीन पर्साका अध्यक्ष आनन्द थामी लगायतले भाषा तथा साहित्यको संरक्षण तथा प्रवर्द्धनका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।
वीरगंज महानगरका सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरुको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको प्रशिक्षणमा नेपाली भाषा तथा साहित्यसंगै विद्यार्थीलाई अध्यापन गराउदाका चुनौती लगायतका बारेमा प्रशिक्षण दिइने साहित्यिक चौतारी नेपालकी अध्यक्ष गीता भण्डारीले बताइन् ।
वीरगंज महानगर भित्रका २५ वटा सामुदायिक विद्यालयका ५० जना शिक्षकशिक्षिकाको सहभागिता रहेको २ दिनसम्म चल्ने प्रशिक्षणमा देबी नेपालसंगै पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले प्रशिक्षण दिइरहेका छन् ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -