सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ फागुन ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले समाजमा सद्भाव कायम गर्नका लागि युवा वर्ग सचेत हुनुपर्नेमा जोड दिनु भएको छ ।
वीरगंज पब्लिक कलेज (बिपिसी) द्वारा आयोजित हल्ट प्राईजको समापन कार्यक्रममा मेयर सिंहले सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुताका बारेमा सचेत हुनुका साथै अरुलाई पनि सचेत बनाई समाजलाई शान्त र सभ्य बनाउनुपर्नेमा जोड दिनु भयो ।
उहाले वैभब वीरगंज बनाउनका लागि ऊर्जाशिल एवम् सिर्जनशील युवाको महत्वपूर्ण भूमिका हुने बताउदै तपाई युवाहरु नै मेरो ऊर्जाको स्रोत हुनुहुन्छ । त्यसैले हामी सबै मिलेर वीरगंजलाई बैभव बनाउने अभियालाई सफल पारौं भन्नु भयो ।
मेयर सिंहले २१ महिनाको अवधिमा आफुले महानगरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यको सुभारम्भ गरेको बताउदै आफ्नो कार्यकालमा वीरगंजको मुहार फेर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।
कार्यक्रममा मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्यले जागिर खोज्ने भन्दा पनि रोजगारी सृजना गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यक्ता आौल्याउदै हामीले अब काम खोज्ने हैन काम दिने मान्छे बनाउनुपर्छ भन्नु भयो ।
सो अवसरमा उहाले वीरगंज महानगर प्रमुख सिंहको नेतृत्वमा छोटो समयमा वीरगंजमा भएको परिवर्तनको प्रसंशा गर्नु भयो ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले यहाका उद्योग व्यवसायमा आवश्यक पर्ने जनशक्ति बाहिरबाट बोलाउनुपर्ने बाध्यता रहेको बताउनु भयो ।
उहाले उद्योग तथा कलकारखानाका लागि आवश्यक पर्ने जनशक्ति यही उत्पादन गर्न सके कोही पनि बेरोजगार हुनुपर्ने अवस्था नआउने बताउनु भयो ।
हल्टप्राइज फाइनलका लागि मोहित ग्रुपका प्रबन्ध निर्देशक मोहित गुप्ता, लिटिल एञ्जल स्कुलका प्रबन्ध निर्देशक एवम् प्रिन्सीपल सन्नी पाख्रिन, कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) पर्साका अध्यक्ष प्रशान्त कुमार र सिटिजन बैंकका रिजनल हेड नितेश खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
समाजमा सद्भाव कायम गर्न युवा वर्ग सचेत हुनुपर्छ–मेयर सिंह
Facebook Comments Box