सहारा दैनिक

spot_img
Homeदेशप्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन–पुर्व राजा...

प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन–पुर्व राजा शाह

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०६ फागुन ।
पुर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहले प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन भन्नु भएको छ ।
७४ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन, यसको पूजा कर्म कर्तब्यले, त्याग र उदारताले, निष्ठाको राजनीतिले एवम् सही प्रकारको आचरणले मात्र हुने उल्लेख गर्नु भएको छ ।
पुर्व राजा शाहबाट जारी सन्देशमा फागुन ७ गतेको समय सन्दर्भमा हामी प्रत्येक वर्ष–राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गर्दछौं । यस अवसरमा हामी प्रजातन्त्रप्रति प्रतिबद्ध हाम्रा प्रात स्मरणीय पूज्य जिज्यू बुबाज्यू राष्ट्रपिता श्री ५ त्रिभूवनको त्याग र उदारताको संस्मरण गर्दै पजातन्त्रका अथकयोद्धा वीर शहीद श्रद्धाभाव राख्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं उल्लेख छ ।
प्रजातन्त्र आजको युगको सर्वस्वीकार्य राजनीतिक विश्व व्यवस्था हो । प्रजातन्त्रको प्रगति हुंदै जानु अपरिहार्य देखिन्छ, किनभने यो इतिहासमा पाइने सबै भन्दा समान, सबै भन्दा पूरानो र सबैभन्दा स्थायी प्रकृति हो । प्रजातन्त्रमा आफ्नो देशको प्रकृति, प्रवृत्ति, संस्कृति र परिवेश अंकित हुनुपर्दछ । यसैगरि आफ्नो भू–बनोट, आफ्नो भू–भाग भित्रका विविध समाज सबैलाई संलग्न पार्नु पर्दछ । सबैलाई समाविष्ट गर्ने र सबैको विशेषता, योग्यता तथा योगदानलाई प्रजातन्त्रमा फल्न फुल्न दिनु पर्दछ । आ–आफ्नो राष्ट्रको मौलिक मान्यता तथा आ–आफ्नो सामाजिक संरचना मुताविक आ–आफ्नो शैली, पद्धति र परिपाटी अनुरुप राज्य पद्धति कायम रहनै पर्दछ सन्देशमा उल्लेख छ ।
सन्देशमा प्रजातन्त्र भित्र अर्थतन्त्र पृथक हुन सक्दैन । आफ्नो श्रोत, साधन र शिप सबै यसमा समाहित हुनुपर्दछ । यसैबाट नै प्रजातन्त्र बलियो र गहकिलो बन्दछ ।
सबैले मिठो खान पाउने, सबैले राम्रो लाउन पाउने, सबैले स्वस्थ्य, शान्त र सन्तुष्ट भएर बांच्न सक्ने सबैलाई देश मै गतिलो शिक्षा र सबैको क्षमता अनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहन्छ पनि उल्लेख गर्नु भएको छ ।
प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन, यसको पूजा कर्म कर्तब्यले, त्याग र उदारताले, निष्ठाको राजनीतिले एवम् सही प्रकारको आचरणले मात्र हुने हो । जनता जनार्दनले जे भन्दछन् – त्यो सुनौं – त्यसलाई गुनौं र राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधी व्यवहार झल्काउनु पर्दछ सन्देशमा भनिएको छ ।
सन्देशमा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा जनताको उत्थानमा निरन्तर लागीरहने प्रतिबद्धता हामी राख्दछौं । प्रजातन्त्र दिवसको यो शुभ सन्दर्भमा हामी सदैब नेपालीजनसंग निकट रही रहने र सर्म्पकका निम्ति हाम्रा सबै द्धारहरु खुल्ला रहने शुभेच्छाभाव पनि व्यक्त उहाबाट भएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -