spot_img
Homeदेशमधेशमिर्चैया नगरपालिकामा तोडफोड

मिर्चैया नगरपालिकामा तोडफोड

सिरहा, २८ माघ (रासस)
सिरहाको मिर्चैया नगरपालिका आज मध्याहृन १२ बजेतिर केही उच्छृंखल व्यक्तिबाट कार्यालयमा तोडफोड भएको छ ।
नगर प्रमुख श्रवण यादवले घटनाको घोर भर्त्सना गर्दै कारबाहीका लागि स्थानीय प्रशासनसमक्ष माग गर्नुभएको छ । “मिर्चैया नगरपालिका–३ का वडाध्यक्ष पवित्रीदेवी यादवको पति खगेश्वर गोहीवार यादवसहित करिब ३०/४० जनाको समूहमा आएको उच्छृंखल व्यक्तिले अन्धाधुन्ध ढुंगामुढा गर्न थालेपछि यस कार्यालयको झ्याल, ढोका, सिसीटिभी क्यामेरा, कम्प्युटर, मोटरसाइकललगायत महत्वपूर्ण सामग्री नष्ट भएको छ,” नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कुनै किसिमको माग नै नराखी यस नगरपालिकाभन्दा बाहिरको व्यक्तिलाई समेत सहभागी गराई आतङ्ककारी शैलीमा कर्मचारीलाई कुटपिट गर्ने मनसायले आक्रमण गरिएको नगरप्रमुख यादवले बताउनुभएको छ ।
भूमिहीनलाई निस्सा वितरण
सिरहाको लहान नगरपालिका–१५ का सात सय ७६ घरपरिवार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि लहान नगरपालिकाले नाप नक्साको निस्सा वितरण गरेको छ ।
निस्सा वितरण कार्यक्रममा नगर प्रमुख महेश चौधरी, नगर उपप्रमुख रामचलितर महतो, भूमि आयोगको अध्यक्ष रामअधिन यादव उपस्थिति थियो । भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई केही महिनाभित्रै सबैले लालपुर्जा प्रदान गरिने नगरप्रमुख चौधरीले जानकारी दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -