सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ माघ ।
बिल बिजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका टोलीले वीरगंज महानगरपालिका वडा नं.१४ गण्डकचोकबाट बुधवार राती लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले ना.३ ख ४४१५ नम्बरको मालवाहक ट्रक रोकेर चेकजाँच गर्दा मालबस्तुहरु इल्क्ष्ल्भ् ीख्ऋत्क् विलमा उल्लेखित भन्दा बढी लोड रहेको आशंका रहेको र विल बिजक संकास्पद देखिए पछि ट्रकलाई नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
नियन्त्रणमा लिएको ट्रकभित्र लोड रहेको कपडा तथा खुद्रा समानहरूको विल अनुसार अ.मु. रू.४४ लाख ५५ हजार ६ सय ८३ मुल्यांकन गरी आवश्यक कारवाहीको लागि बिहिवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box