spot_img
Homeआलेखदलाई लामा र चिसिदै गएको अमेरिका चिन सम्बन्ध

दलाई लामा र चिसिदै गएको अमेरिका चिन सम्बन्ध

अनिल तिवारी
नेपाल देखि भारत लगायत संसारका बिभिन्न मुलुकमा मार्च १० का दिन तिब्बती स्वतन्त्राको लागी विभिन्न प्रकारको प्रदर्शन हुने गरेको छ । राष्ट्र र राष्ट्रियताका लागि दशकौंदेखि हुदै आएको यो आन्दोलन किन हुन्छ,यसलाई कसरी हेरिनु पर्छ ? भन्ने प्रश्न विश्व समुदाय बिच चाँसोको बिषय पनि हो ।
सन् १९६० देखि तिब्बती बौद्ध भिक्षुहरुले तिब्बत लगायत आफुने सरण लिएका विभिन्न मुलुकहरुमा आन्दोलन गर्दै आएको छन । आन्दोलनको स्वरुप जस्तो भएपनि माग चाहिँ राष्ट्र, राष्ट्रियता र पहिचारको लागि नै हो । मुख्यरुपमा धार्मिक दृष्टिकोणले गर्दै आएका तिब्बतीहरुको यो प्रदर्शन राजनीतिक दृष्टिकोणले प्रेरित भएको देखिन्छ । आन्दोलनको समर्थनमा विश्व समुदायका गायक र “पप स्टार” एवं हलिउडका कलाकारहरुले समेत सहभागीता जनाउदै फmरक कार्यक्रमहरु गर्दै आएका छन् । यसका समर्थकहरुले चीनमा हुने गरेका अन्तरराष्ट्रिय महत्वका कार्यत्रमहरु बहिस्कार गर्ने माग पनि उठाउदै आएका छन् । जस्तै २००८ को अगस्त महिनामा चीनमा भएको ओलम्पिक खेल बहिस्कार गर्नुपर्छ भन्ने तर्क आएको थियो ।
चीनमाथि दबाव बढाउदै अमेरिकी संसदले तिब्बतको समर्थनमा विधेयक पारित गरेपछि अमेरिका चिनबिचको सम्बन्ध खाडलमा पर्दै गएको छ । तिब्बती नीति र समर्थन अधिनियम (टीपीएसए)लाई अमेरिकी संसदको दुबै सदनले १.४ ट्रिलियन डालर सरकारी खर्च विधेयक र ९ सय अर्ब डालर कोविड–१९ राहत पैकेज पास गरेको छ ।
यो अधिनियम चीनको त्यो अधिकारिहरुको आर्थिक र वीजÞा दुबैमा प्रतिबन्ध लगाउछ, जसले दलाई लामाको उत्तराधिकारको बिषममा हस्तक्षेपकारी भूमिका निभाउछन् । साथै यो कानुन अनुसार चीन अब अमेरिकामा कुनैपनि नयाँ कन्सुंलेट कार्यालय खोलनु भन्दा पहिला ल्हासामा अमेरिकाको कन्सुलेट कार्यालयको स्वीकृती दिनु पर्दछ ।
अमेरिकी सदनको यो निर्णयले केन्द्रिय तिब्बती प्रशासनलाई निश्चय नै उत्साहित बनाएको छ । प्रशासनका राष्ट्रपति लोबसांग सांगेले यसलाई “तब्बती नगरिकहरुको लागी ऐतिहासिक घटना हो” भनेका छन् ।
उनले दिएको प्रतिक्रिया दिएलगतै सांगेलाई व्हाइट हाउसमा निमन्त्रण गरिएको थियो । जँहा उनले तिब्बत बिषयमा नवनियुक्त अमेरिकाका विशेष संयोजक रांबर्ट डेस्ट्रोसंग भेटवार्ता गरेका थिए । चीनसँगको मित्रताको प्रयासमा सिथिल बनेको तिब्बती आंनेलनको पक्षमा उभिएर दशकौंपछि आफुले गरेको गल्तीलाई अमेरिकी सरकारले सच्याएको भनाइ आन्दोलनका समर्थहरुको छ । हुन पनि यस घटनाले वैश्विक भू–राजनीतिक परिदृश्यहर बद्लिएका छन ।
चीनले स्वतन्क्र तिब्बत माथि ७ अक्टुबर १९५० मा आत्रमण गर्‍यो र आफ्नो कब्जामा लियो । चिनको कब्जा बिरुद्ध भएको बिद्रोहलाई चिनको सेनाले रक्तपातपुर्ण दमन गरिरहेको पृष्टभुमीमा दलाइ लामा विदेशिनु पर्‍यो । जसले गर्दा तिब्बतको धर्म एवं संस्कृति समेत साबिक स्वरुपमा बाँचिरहन सकेन ।
दलाई लामा स्वय अहिंसक रुपले तिब्बती संघर्षलाई जारी राखने कुरामा स्पष्ट दृष्टिकोण राख्दै आएका छन । उनले पटक पटक स्पष्ट गर्दै आएका छन् कि चीनबाट पुर्ण स्वतंत्रता भन्दा पनि “फ्रि तिब्बती आन्दोलन” पुर्णरुपेण स्वायत्तता चाहेको हो ।
तर चीन सरकार दलाई लामा र उनका समर्थकहरुले गरिरहेको आन्दोलन “विखण्डनकारीे आन्दोलन” भएको भन्ने आरोप लगाउदै दमन गर्दै आएको छ । जब देखि उनीे तिब्बतत छोडेर भारत प्रबास हुनु पर्यो , चीनको दमनका बिरुद्ध दलाई लामा तिब्बती संघर्षको प्रतीक बनेका छन् । उनको व्यक्तित्व र शान्तिको लागी उनले दिएका सन्देंश पूरै विश्वमा गुजँमान छ । चीनले सकेसम्म गरेको कोशिसको बावजूद उनलाई विश्वसमुदायबाट ठुलो सम्मान मिलेको छ र उनलाई माया र आदरका साथै बैश्वीक जगत अगाल्दै आएको छ । आधुनिक राजनीतिमा “दलाई लामाको अवतार” जस्तो मुद्दांमा चिन्तित हुनु हुदैन । तर दलाई लामा एक अलग खालका शख्सियत हुन ।
अवतार सम्बन्धी ममाान्यता
हिन्दु मान्यताजस्तै तिब्बती बौद्ध पनि विश्वास गर्दछन कि प्रत्येक व्यक्ति पुनर्जन्मको चक्रबाट गुर्जेको हुन्छ । जसको निर्धारण उसले गरेका कर्मबाट हुन्छ । तर ठुला लामा जसमा बोधिसत्व अवलोकितेश्वरको अवतार दलाई लामा सबैभन्दा वरिष्ठ हुन्छन । र, तिब्बती मान्यता अनुसार उनी निर्णय गर्न सकछन कि, उनका पुनर्जन्म कहिले र कहां हुन्छ । खास गरेर ठुला लामा अफ्नो अवतारको बारेमा विस्तृत जानकारी आफ्ना खास सहायकहरुलाई गुप्त रूपमा जानकारी गराएका हुन्छन जो पछि उनीहरुले खोजी गरेर अवतारको रुपमा मान्ने गर्दछन् ।
उम्र बढेसंगै दलाई लामाले यो मुद्दाको मारेमा धेरै बिचार गरेपनि उनले पुनर्जन्म प्रक्रियालाई राजनीतिरुपमा कसरी नियन्त्रण गर्न सकिन्छ । एकातर्फ उनले भनेका छन कि कें पुनर्जन्म लिनु नै हुदैन ? अर्कोतर्फ उनले स्पष्ट दिशा–निर्देश जारीगर्दै यसमा आफ्नो चाँसो पनि देखाएका छन् । यो प्रक्रियामा ठुलो आशंका र धोखाको सम्भावना पनि छ । जसको मुख्य कारण चीन जसले निश्चित रुपमा दलाई लामाको मृत्यु पश्चात आफ्नो अनुकुल उत्तराधिकारी घोषणा गर्दछ ।
चीन पहिलादेखि ठुला लामाको नियुक्तको बिषयमा अन्तिम अधिकार आफ्नो भएको र त्यसका स्वकृती इतिहास र परम्पंरा दिएको कुराको दाबी गर्दै आएको छ । सन् २००७ मा ं चीनको धार्मिक मामिला प्रशासनको फैसलाको अनुसार पुनर्जन्म को निश्चित आफुमा निहित गरेको छ । योभन्दा पहिला सन् १९९५ में चीनले चिंग राजवंशको रीतिलाई पुर्नबहाल गर्दै प्रमुख तिब्बती भिक्षुको चुनाव स्वर्ण कलशबाट निकालिएको चिÝाबाट गरिएको थियो । उक्त बर्षको मईमा चीनको सरकारले दलाई लामाद्वारा चुनिएको छह सालका गेधुन चोएक्यी नियिमालाई १० औ पंचेन लामाको अवतार नमान्ने घोषण समेत गरेको थियो । त्यसको ठाउँमा चीनले गाइनचेन नोरबूलाई १० औं पंचेन लामाको अवतार घोषित गरेको थियो । नियिमा र उनका परिवारलाई त्यसपछि फेरी कसैले देख्न पाएन । जबकि परम्परागत रुपमा दलाई लामा र पंचेन लामा एक–अर्काका गुरुको भूमिका निभाउने र दलाई लामा समर्थनमा आधारित तिब्बती परंपरा को सिद्धांत थियो ।
भूकम्प पछि अपरेशन “दलाई लामा”
सिगात्सेमा नेपाल बुझ्ने र नेपाली बोल्ने नयाँ जमात पनि बढेको छ । दुई वर्षअघिको भूकम्पपछि खासाका सबै बासिन्दालाई सिगात्से सारेर उतै बसोबास गराइएको छ । टेन्टमा राहेका तिब्बतीहरुलाई हाउजिङमा सारिएको छ । तिनलाई राजीखुसीले भने पक्कै लगिएको छैन । भुइँचालोले खासालाई चिराचिरा पारे पछि, त्यसबेला उद्धार गर्न आएका चिनियाँ सुरक्षाकर्मीले घर–घरमा दलाई लामाका तस्बिर र “फ्री तिब्बत” गतिविधिका प्रमाण फेला पारेको कारण जबर्जस्ती ४५० किमि टाढाको सिगात्से पुर्‍याइएको हो । सिगात्सेका घरमा दलाई लामा छैनन्, त्यहाका घरमा सी जिनपिङका तस्बिर टाँगन लगाइएको छ । त्यति मात्र होइन उनलाई खादा पहिर्‍याएको पनि छ ।तर त्यो इच्छाले हो कि देखाउन मात्र– त्यो भने प्रश्नकै बिषय छ ?
खासाका तिब्बतीलाई बेखुसी व्यक्त गर्ने अधिकार पनि छैन् । थातथलो छाड्नुपरेको पीडा मनभित्र पक्कै होला, तर अवसर र सम्भावनाको अभावसगै चिनिया सेनाको दमनले पनि उनीहरुलाई बाध्य बनाएको छ । उसबेला खासाबाट “उठाइएको” समूहमा तिब्बती मात्र रहेनछन्, त्यहाँ काम गर्न गएका र त्यतै बस्ने गरेका सिन्धुपाल्चोक र काभ्रेका नेपाली पनि करिब ५० जना ।
तिब्बतको इतिहास र यथार्त
तिब्बत लगभग १३ सय बर्षसम्म चार राज्यका रुपमा सामन्ती राजा मंगोल र मञ्चुहरुवीच बाँडिएको थियो । त्यतिखेर थुप्रै विखण्डनहरु भए र पछि फेरि मिल्दै गए । लगभग छैठौंदेखि नवौं शताब्दीसम्म तिब्बतले यति ठूलो साम्राज्य बढायो कि चीनको तत्कालीन राजधानी छियासम्म कब्जा गर्न पुग्यो ।सत्रौं शताब्दीदेखि बीसौं शताब्दीसम्म तिब्बत ठूलो राजनीतिक षडयन्त्र, हत्या र आंतकको तनाववाट गुग्रिरहेको थियो ।
त्यस बेला तिब्बत माथी मंगोल राजाहरुको वर्चस्व थियो जसले दलाई लामालाई संरक्षण दिएको थिए । वास्तवमा चौथो दलाई लामा ताकतवर मंगोल प्रमुख अल्तान खानका परिवारमा अवतरित भएका थिए । त्यसपछिका दलाई लामा अर्थात पांचौ लामा (१६१७—१६८२) धार्मिक प्रमुख हुनुका साथै देश को अस्थायी शासक पनि थिए । वास्तवमा चीनले २०औ शताब्दी भन्दा पहिला आफुलाई बर्तमान चिन जस्तो देखेन । छुटा छुटै साम्राज्यहरुका दासत्वका कारण उसका धेरै प्रान्तहरुमा आ आफ्नै खालका समस्याहरु थिए ,जुन अहिले पनि धेरैहदसम्म छन् ।त्यसका कारणहरुआफैमा जटिल र आधुनिक सिद्धान्तको तुलना भन्दा भिन्न छन् ।
भविष्य
बितेको तीन दशकमा छुटाछुटै समयमा चीन र तिब्बतले आपसी मुद्दाको समाधानको लागि प्रयास गरे । तर सन् २००८ देखि परिवर्तीत विश्व राजनैतिक व्यवस्थामा चीन अगाडि आएदेखि उसले तिब्बतको बारेमा कठोर बाटो अपनाउदै सबै खाले छलफल र बार्ताहरुलाई विराम लगाएको छ । २०१३ मा तिब्बतका प्रमुख र पोलिटब्यूरो सदस्य यू झेनशेंगले घोषणा गरेका थिए कि “तिब्बती स्वायत्तताको बारेमा दलाई लामाको मांग चीनको संविधान बिपरित छ ।” दलाई लामा सार्वजनिक रुपमा “तिब्बत प्राचीन समयदेखि चीनको अभिन्न अगं हो भनी घोषणा गर्नुका साथै “तिब्बती स्वतंत्रता” आन्दोललाई परित्याग गरिएको घोषण गरेपछि मात्र चीनको कम्युनिस्ट पार्टीसंग राम्रो हुने झेनशेंगले घोषणा गरेपछि झनै स्थिती बिग्रेको हो ।
अहिले तिब्बतमाथी चीनको दमन र नियंत्रण दरिलो छ । वास्तवमा राष्ट्रपति शी जिनपिंगको बर्तमान बयानले चिन तिब्बतका बौद्ध धर्मलाई चीनीकरण नै गर्न चाहेको कुरामा दुइमत छैन । त्यसभित्रको रहस्य आफैमा रहस्यमै नै छ । तर तिब्बतको भविष्यको शासन बारेको एक बैठकमा राष्ट्रपति शीले तिब्बत माथीको पकड र शासनलाई स्थायित्व दिन र फ्रि तिब्बत आन्दोलनको बिरोधमा “अजेय किला” बनाउन निर्देशनलाई प्रमुखता दिएका देखिन्छ । चीन अहिले तिब्बती बौद्धाहरुलाई उनहरुका इच्छित दिशासम्म धकेलन “पुर्नशिक्षा” अभियान कार्यक्रमलाई तिब्रता दिएको छ । तिब्बतको बौद्ध धर्म माननेहरुलाई चीनी कम्युनिस्ट पार्टीको विश्वासमा परिवर्तीत गर्नु असामान्य कुरा होइन ।धर्मलाई कम्युनिष्ट बनाउने काम आफैमा अप्रत्यारिलो दमन र मानव अधिकारको ठुलो हनन हो ।तर बौद्ध धर्म विरोधी अभियानप्रति तिब्बतीहरु जुझि रहेका छन् ।जुन आफ्नो संस्कृति र तिब्बती राष्ट्रियता प्रति ठुलो वफादारी हो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -