सहारा संवाददाता–––––––––––––––
वीरगंज, २८ पुस ।
सोनार प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको उपाधि महावीर युवा अभियानले उपाधी जितेको छ ।
वीरगंज स्थित आदर्शनगर रंगशालामा लिग टी–२० क्रिकेट प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा घण्टाघर स्टारलाई ११ रनले हराउदै महावीर युवा अभियानले उपाधी जितेका हुन ।
पहिले व्याटिङ गरी महावीर युवा अभियानले दिएको ११५ रनको लक्ष्य पछ्याउदै जवाफी व्याटिङमा उत्रिएको घण्टाघर स्टारले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १०३ रन मात्रै बनाए पछि उपाधि महावीर युवा अभियानले जितेको हो ।
त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको महावीर युवा अभियानले १९.३ ओमरमा अलआउट हुदैं ११४ रनको योगफल तयार पारेको थियो ।
प्रतियोगिताको सर्वोत्कृट व्याट्सम्यान घोषित ओम वारियरका ओम सर्राफलाई चाँदीको ब्याट र सर्वोत्कृट बलर घोषित महावीर युवा अभियानका विकास सर्राफलाई चाँदीको बल प्रदान गरिएको छ ।
प्रतियोगिताको सर्वोत्कृट खेलाडी घण्टाघर स्टारका सन्दीप सर्राफ घोषित भएका छन ।
आदर्शनगर रंगशाला मै आयोजित प्रतियोगिताको समापन समारोहमा जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफले उपाधि विजेता र उपविजेता टिमलाई कप र नगद पुरस्कार प्रदान गर्नु भयो ।
उहाले विजेता टिमलाई रु. ५० हजार नगद सहित कप र उपविजेता टिमलाई रु. ३० हजार नगद सहित कप प्रदान गर्नु भयो ।
कार्यक्रममा जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ,नेपाली कांग्रेसका नेता विजय सर्राफ, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य निरज सर्राफ, मधेस प्रदेश महासचिव प्रवेश सर्राफ लगायतको उपस्थिति रहेको थियो ।
गत शनिबारदेखि पर्सा सुनचाँदी कालीगढ संघले आयोजना गरेको प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए ।