सहारा दैनिक

spot_img
Homeदेश७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रभात फेरी

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रभात फेरी

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ मंसिर ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय वीरगंजले प्रभात फेरि गरेको छ ।
७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा समाजले वीरगज स्थित घण्टाघर चोकबाट निकालिएको प्रभात फेरिले नगर परिक्रमा गरी समापन गरिएको छ ।
प्रभात फेरी नगर परिक्रमा पश्चात स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय सभापति कृष्ण कुमार खनालको अध्यक्षतामा आयोजित कोणसभामा बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले बालसुधार गृहको अवस्था अन्तन्तै नाजुक रहेकाले मानव अधिकारवादीहरुले बाल बालिकाको अधिकार प्रति ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल, पर्साका प्रहरी उपरीक्षक कोमल शाह, सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्य, समाजका कार्यक्रम संयोजक उपभापति नन्दी किशोर यादव, महासचिव दिपक साह कानु, सचिव आषिश कुमार, कोषाध्यक्ष उर्मिला कुशवाहा, सह–कोषाध्यक्ष रामभरोस यादव, केन्द्रिय सदस्यहरु सोनालाल गुप्ता, विकी सिंह, सरोज साह, तिलक साह, नन्दनी गुप्ता, निर्मला कुशवाहा, आशा कुमारी, वीरगंज जेसीजका पूर्व अध्यक्ष संतोष कुमार खनाल लगायतको सहभागिता रहेको थियो ।
प्रभात फेरीमा विभिन्न समाजिक संघ संस्थाका प्रतिनिधि, संचारकर्मीहरु, विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा मेयर सिंहले घण्टाघर लिंक रोडमा राखिएको मानव अधिकार सम्बन्धी जागरण होर्डि· बोर्डको उद्घाटन पनि गर्नु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -