सहारा दैनिक

spot_img
Homeदेशपत्रकार स्व. नरेश सर्राफको पहिलो स्मृति सभाः स्व. सर्राफको नाम जिवन्त राख्नु...

पत्रकार स्व. नरेश सर्राफको पहिलो स्मृति सभाः स्व. सर्राफको नाम जिवन्त राख्नु पर्नेमा मेयर सिंहको जोड

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १५ मंसिर ।
वीरगंजका क्रियाशिल पत्रकार स्वर्गिय नरेश सर्राफ प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
वीरगंज स्थित रेडियो वीरगंज परिसरमा आयोजित स्व. सर्राफको प्रथम स्मृति सभामा उनी प्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।
स्व. सर्राफको पहिलो वार्षिकीमा समाजवादी प्रेस संगठन पर्सा, रेडियो वीरगंज र राष्ट्रिय सहारा दैनिकले संयुक्त रुपमा आयोजना गरेको स्मृति सभामा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्व. नरेश सर्राफको नाम जिवन्त राख्न महानगरपालिकाले सहयोग गर्न सधै तयार रहेको वताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मेयर सिंहले स्व. सर्राफ प्रति श्रद्धाञ्जली व्यक्त गर्दै बर्षमा एक दिन मात्र नभई दुई/तीन पटक भएपनि विभिन्न कार्यक्रमको आयोजना गरि स्व. सर्राफको नाम जिवन्त राख्न आग्रह गर्दै उहाले पुर्‍याएको योगदानको चर्चा गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा आयोजकको तर्फबाट समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेलले स्व. नरेश सर्राफको नाम जिवन्त राख्न र उहाको समझनामा विभिन्न कार्यक्रमको आयोजना गर्न नरेश सर्राफ स्मृति प्रतिष्ठान गठन गरिने घोषणा गर्नु भयो ।


उहाले गठन हुने प्रतिष्ठानले अबदेखि प्रत्येक वार्षिकीको अवसरमा स्मृति सभासहितको विभिन्न कार्यक्रम गर्नुको साथै स्वर्गिय नरेश सर्राफ पत्रकारिता पुरस्कार समेत विरतण गर्ने जानकारी दिनु भयो ।
राष्ट्रिय सहारा दैनिकका प्रकाशक चन्द्रभुषण साहको अध्यक्षतामा आयोजित कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेकपा एमाले पर्साका संयोजक डा.विश्वम्भर कुमार शर्मा, समाजवादी प्रेस संगठन नेपालका महासचिव राम कुमार एलन, जसपा पर्साका सचिव तबरेज अहमद, नेकपा एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, जनमत पार्टीका पर्सा जिल्ला सह इन्चार्ज मुकेश द्विवेदी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, रेडियो वीरगंजका समाचार प्रमुख ध्रुव अधिकारी, प्रेस सेन्टरका पर्सा अध्यक्ष दिपक गौतम, प्रेस चौतारी पर्साकी उपाध्यक्ष कविता खड्का, प्रेस युनियन पर्साका पूर्व सभापति रामनारायण कुर्मी लगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन पत्रकार शम्भु कुमार सुमनले गरेका थिए ।
कार्यक्रम मै एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष चौधरीले स्व. सर्राफको नाम जिवन्त राख्न गठन हुने प्रतिष्ठानलाई रु ५० हजार सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
नेपाल पत्रकार महासंघ पर्सा र समाजवादी प्रेस संगठन पर्साका कार्य समिति सदस्य समेत रहेका पत्रकार सर्राफको २०७९ मंसिर १५ गते अल्पायु मै हृदयघातबाट निधन भएको थियो । स्वर्गिय सर्राफको श्रीमती र एक छोरी छन् ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -