सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०१ मंसिर ।
वीरगंज स्थित घडीअर्वा पोखरी परिसरमा छठ पूजा २०८० को लागी छठघाटको तयारी पुरा भएको छ ।
छठपूजा व्यवस्थापन समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी छठघाटको तयारी बारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष दिलिप साह कानुले छठघाटको व्यवस्थापन र सजावटको काम पुरा भएको जानकारी दिनु भयो ।
उहाले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा करिब रु. १५ लाख ४१ हजार खर्च हुने अनुमान गरिएको बताउनु भयो ।
जस अनुरुप टेण्टपण्डालमा रु. ७ लाख ५१ हजार, परिसर बाहिरको बत्ती सजावटमा रु. १८ हजार, भिडियो ग्राफीमा रु. ३५ हजार, पुरस्कारमा रु. ४ लाख २८ हजार, सरसफाइमा रु. ६० हजार खर्च हुने अनुमान गरिएको छ ।
पत्रकार सम्मेलनमा छठघाट सुरक्षा उपसमितिका संयोजक मुन्ना साहले छठघाटमा ब्रतालु, दर्शनार्थी र भक्तजनहरुको सुरक्षा सहजताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरि १ सय १० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट क्लबका ५० जना स्वंयसेवक परिचालन गरिने जानकारी दिनु भयो ।
उहाले छठघाट परिसरमा २० वटा सिसिटिभी क्यामेरा जडानका साथै सादा पोशाकमा प्रहरी परिचालन गरिने पनि बताउनु भयो ।
गत वर्ष छठमा छठघाट सजावट र ब्यवस्थापनमा रु. १४ लाख ३५ हजार ३ सय खर्च भएको र आम्दानीबाट खर्च कटाएर रु. ५ लाख १ हजार ४ सय ९५ बचतपनि भएको समितिका कोषाध्यक्ष तिलक साह कानुले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।
समितिका अध्यक्ष कानुको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा पूर्व अध्यक्षहरु हिरा साह, प्रेम साह कानु, वीरगंज १० का वडाअध्यक्ष सुशील साह कानु , समितिका उपाध्यक्ष राकेस साह कानु, घडीअर्वा स्पोर्ट क्लबका पूर्व अध्यक्ष सन्तोष कानु, सल्लाहकार गौरीशंकर गुप्ता लगायतको सहभागीता रहेको थियो ।
घडीअर्वा पोखरी परिसरमा छठ पुजाको तयारी पुरा

Facebook Comments Box