सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०१ मंसिर ।
नक्कली नोट दिएर कपडा खरिद गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मिति २०८०।०७।२४ गते अं.२२ः०० बजेको समयमा जिल्ला पर्सा
वीरगंज महानगरपालिका वडा नं.८ स्थित सिटी मार्केटमा कपडा खरिद गर्ने क्रममा नक्कली नोटहरू दिएको सूचनाको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिटी मार्केटमा सुचना अनुरुप कपडा खरिदका क्रममा नक्कली नोट दिने बारा जिल्ला कलैया उ.म.न.पा.वडा नं.३ बस्ने वर्ष २५ को उमेश कुमार र वीरगंज महानगरपालिका वडा नं.३१ कोनिया बस्ने वर्ष २४ को ऋषिलाल पटेललाई तलासी गर्दा उनीहरुको साथबाट नेपाली नक्कली नोट रू.१००० दरका ३८ थान फेला परेको जिप्रकाले जनाएको छ ।
नक्कली नोट फेला परे पछि उनीहरुलाई नियन्त्रणमा लिइ खोटा चलन सम्बन्धी कसूरमा थप अनुसन्धान गरिरहेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
नक्कली नोट दिएर कपडा खरिद गर्ने दुई पक्राउ

Facebook Comments Box