spot_img

लुकिङ ग्लासमा लुकाएर ल्याइएको खैरो हिरोइन सहित १ पक्राउ



सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०१ मंसिर ।
मोटरसाइकलको लुकिङ ग्लासमा लुकाएर ल्याइएको लागु औषध सहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले चेकजांच गर्ने क्रममा मोटरसाइकलको लुकिङ ग्लासमा लुकाएर ल्याइएको लागु औषध खैरो हिरोइन सहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीले वीरगंज महानगरपालिका वडा नं.१४ गण्डक स्थित वीरगंजबाट परवानीपुरतर्फ जांदै गरेको ना.२१ प ४५८६ नम्बरको मोटर साईकललाई रोकेर खानतलासी गर्दा बारा जिल्ला परवानीपुर गाउपालिका वडा नं.४को ३५ वर्षीय ध्रुव रामले मो.सा.को लुकिङ ग्लासमा लगाएको कालो रंगको रबरको खोल भित्र सेतो प्लाष्टिकमा लुकाइ छिपाई राखिएको लागु औषध खैरो हिरोइन ६ ग्राम ५०० मि.ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लागु औषध फेला परे पछि रामलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर