spot_img

छठ पूजामा सुरक्षा प्रबन्ध दुरुस्त बनाउने सुरक्षा निकायको प्रतिबद्धता



सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३० कार्तिक ।
पर्साका सुरक्षा निकायका प्रमुखहरुले वीरगंजको छठ पूजाका दिन सुरक्षा प्रबन्ध चुस्त दुरुस्त बनाउने प्रतिबद्धता जनाएका छन् ।
छठपूजा व्यवस्थापन समितिले बिहिवार घडीअर्वा पोखरी परिसरमा आयोजना गरेको बैठकमा सहभागी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत सुरक्षा निकायका अधिकारीहरुले छठपूजाका दिन छठघाटमा आउने ब्रतालु र दर्शनार्थीहरुको सहजताका लागि सुरक्षा प्रबन्ध मिलाउने प्रतिबद्धता जनाएका हुन् ।
छठपूजाका दिन घडीअर्वा छठघाट परिसर भित्र र बाहिर नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी लगायत सुरक्षाकर्मीहरु परिचालन गरिने प्रहरी नायब उपरीक्षक ध्रुव कुमार श्रेष्ठले बताउनु भयो ।
छठ पूजाका दिन छठघाटमा घडीअर्वा स्पोटर्स क्लबका तर्फबाट पनि स्वंयसेवकहरु परिचालन गरिने क्लबले जनाएको छ ।
सम्भावित दुर्घटनालाइ मध्यनजर गरि छठघाट परिसर बाहिर एम्बुलेन्स, बारुण यन्त्र र प्राथमिक उपचार शिविर राख्नुका साथै पोखरी परिसरमा एक दर्जन सिसिटिभी क्यामेरा जडान समेत गरिने छठपूजा व्यवस्थापन समिति अन्तरगतको सुरक्षा उपसमितिका संयोजक मुन्ना साहले बताउनु भयो ।
बैठकमा जिल्ला प्रशासन कार्यार्लय पर्साका प्रतिनिधी गौरी शंकर साह, सशस्त्रका प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्कर खतिवडा, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुष्कर बोग्टी, छठपूजा व्यवस्थापन समितिका अध्यक्ष दिलिप साह कानु, कार्यपालिका सदस्य सुशिल साह कानु, छठपूजा व्यवस्थापन समितीका पुर्व अध्यक्षहरु प्रेम साह कानु, प्रमानन्द साह कानु, रामनगिना साह कानु, राजेन्द्र गुप्ता, बाल्मिकी साह कानु लगायतको सहभागीता रहेको थियो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर