सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ कार्तिक ।
पर्सा जिल्लामा हातहतियार सहितका प्रहरी भन्दा तस्कर गिरोह अब्बलदेखिन थालेका छन् ।
तस्करी नियन्त्रण र सीमा रक्षाको मूख्य जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी बल तस्करहरुसामु निरीह बनेपछि जिल्लाका सबै नाकाबाट ऐतिहासिक रुपमा तस्करी कार्य भइरहेको पाइएको छ ।
भारतसंग सीमा जोडिएको जिल्लाको सदरमुकाम वीरगंज महानगर क्षेत्रको प्रत्येक एक किलोमिटर भित्रमा सशस्त्र र नेपाल प्रहरीको बाक्लो उपस्थितिका बावजूद तस्करहरुले निर्वाध रुपमा खाद्यान्न, काजु, लत्ताकपडा देखि हरेक उपभोग्य वस्तुका साथै हार्डवेयर, मोटर पार्टसलगायतका सामग्री नेपाल भित्रियाउन थालेका छन् ।
वीरगंजको मूख्य भन्सार देखि ठाउ–ठाउमा राखिएको चेक पोइन्टमा सर्वसाधारणलाई कडा निगरानीका साथ चेकि· गर्ने सशस्त्र र नेपाल प्रहरीले लाइन लिएर काम गरिरहेका तस्करहरुको ढुवानीकर्ता (भरिया) हरुले नाम सांकेतिक भाषामा लिएपछि प्रहरीले यत्तिकै जान दिने गरेको जोकोहीले पनि देख्न सक्छन् ।
यतिखेर वीरगंजको मूख्यभन्सारसंगै भन्सार पूर्वपट्टी रहेको बाासघारी, इनर्वा गाउ, सिर्सिया, छपकैयाा, भकुवा, ड्राइपोर्ट, अलौं, अमरपट्टी, प्रसौनी, धोरे, पकाहामैनपुर, सबैठवा, भिस्वा, बुडगाईं, भिखमपुर, जानकीटोला लगायत हरेक नाकाबाट तस्करहरुले दैनिक करोडौं मुल्य बराबरको राजश्व छलि गरिएका सामग्रीहरु भित्रियाउने गरेको तस्कर स्रोतबाटै जानकारी हुन आएको छ ।
भारतीय नागरिक मुख्तार आलमलाई वीरगंजको मूख्य भन्सार, इनर्वा गाउ र इनर्वाका साथै सिर्सिया र छपकैया समेतबाट कपडा र काजु तस्करीको लाइन संचालनको अनुमति दिइएको छ । त्यस्तै सिर्सिया छपकैया र भकुवा नाकाबाट भारतीय नागरिक विकास गुप्तालाई गाई तस्करीको लागि लाइन दिइएको बताइन्छ ।
त्यसैगरी पर्साका विभिन्न नाकाबाट लाइन पाउने भाग्यमानी तस्करहरुमा अनिल, फैयाज, लालबच्चा, नौसाद, महादेव, सशीकान्त, किशोरी, विवेक, पशुपति र शनि, रमेश यादव, रंजित, नूर आलम, अनिल,मुन्ना, रम्भु, मंजु, जितु, बबन, डाबा, रुपेश, अजय लगायत करिब दुई दर्जनभन्दा बढी साना तथा ठूला तस्करलाई लाइन दिइएको स्रोतको दाबी छ ।
बेला बखत वीरगंज शहरको भित्रि क्षेत्रदेखि पर्साका विभिन्न स्थानसंगै बारा, मकवानपुर, चितवन, धादिङदेखि काठमाण्डौमा समेत पर्साबाट गएका ट्रक लगायतका अवैध सामान बरामद हुनुले पनि पर्साको हरेक नाकाबाट निर्वाध तस्करी हुने गरेको पुष्टी गर्दछ । तर यसरी निर्वाध तस्करी भइरहदा पनि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिवास र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका डिआइजीद्वयको मौनताले पनि तस्करी लाइन संचालनमा दुबै तहका सुरक्षा निकायको मिलेमतो रहेको छ की भन्ने आशंकाको स्थान सुरक्षित देखिन्छ ।
यस सन्दर्भमा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिवासका एसएसपी बाबा प्रसाद पौडेलले पत्रकारले सोधेको प्रश्नको जवाफमा ओठे जवाफ दिएर पन्छिन खोजे । उनको जवाफले हात हतियार एवं बन्दोवस्तिका सामानसहित सीमामा खटाइएको आफ्ना प्रहरीहरुलाई तस्करी नियन्त्रण गर्न परिचालन गरिएको हो कि तस्करी कार्यलाई सहज पुर्याउन ? प्रष्ट हुन्छ ।
बाहिनीपति डिआइजी दिपेन्द्र शाह विदामा गएको मौकामा चौका हानी यतिबेला द्रूतगतिमा तस्करी हुंदा पनि जिल्ला र सीमामा खटिएका सशस्त्र प्रहरीले सुईंको समेत नपाएको नाटक गर्नुले नै सशस्त्र प्रहरीको नेतृत्वमाथि प्रश्नचिन्ह खडा गर्दछ ।
यसैबीच सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मका गुल्मपति डिएसपी देवेन्द्र सिंहले आफूले कसैलाई लाइन नदिएको दाबी गरे । उनले आफ्नो क्षमताले भ्याएसम् तस्करी नियन्त्रणको प्रयास गरिरहेको बताए । बिहीवार विहान मुख्तार नामक तस्करको तीन लाख बराबरको हुक्काको सामान बरामद गरिएको साथै सांझ वैष्णोदेवी मन्दिर नजिकबाट ८० किलो काजु बरामद गरेको डिएसपी सिंहले बताउनु भयो ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हेक्वा पर्साका गणपति एसपी किशन कर्माचार्यको कमाण्ड पनि तस्करी नियन्त्रणमा असफल भएको देखिन्छ ।
तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी बल असफल

Facebook Comments Box