कपिल डंगोल–––––––––––––––
वीरगंज, २२ कार्तिक ।
एका तिर धाराशायी अर्थतन्त्र उकास्न धौ–धौ भइ रहेको अवस्था छ भने अर्को तर्फ राष्ट्रिय राजश्व छली कार्यलाई शंकलक र नियन्त्रक निकाय नै संरक्षक बनेका छन ।
राजश्व शंकलक निकाय वीरगंज भन्सारका पदाधिकारी र छली नियन्त्रक निकाय सशस्त्र प्रहरी बल कै पदाधिकारीहरु समेतको संरक्षणमा सिमावर्ती क्षेत्रबाट अवैध ओसार पोसार (तस्करी) कार्यले निरन्तरता पाइरहेको चर्चाले व्यापक्ता पाएको छ ।
समाचार श्रोतका अनुसार पर्सा जिल्लाका सदरमुकाम वीरगंज महानगर संगै जोडिएका भारतीय सिमावर्ती मुख्य नाकाका साथै सहायक एवं चोरी नाकाको रुपमा परिचित इनर्वा गाउ, भन्सार पछाडी बांसघाडी, भकुवा कोना, बजार छपकैया, सिर्सिया र अलौबाट वीरगंज र सिमावर्ती भारतीय सहर रक्सौलका तस्करहरुले कपडा, काजु, मरिच, छोहडा, मोटरपार्टस र पटाका (विश्फोटक पदार्थ) लगायतका समाग्रीहरु भन्सार छली गरी नेपाल भित्रियाउने गरेका छन ।
सिमा क्षेत्रबाट हुने अवैध ओसार पोसार नियन्त्रणका लागी परिचालित सशस्त्र प्रहरी बल नै तस्करको आर्थिक मोहमा फसे पछि सिमाक्षेत्रमै खटिएका नेपाल प्रहरीका इकाइहरु समेत तस्कर सामु नतमस्तक भए पछि दैनिक रुपमा करोडौं मुल्य बराबरको कपडा, काजु, मरिच, छोहडा, मोटरपार्टस र पटाका (विश्फोटक पदार्थ) लगायतका समाग्रीहरु भन्सार छली गरी तस्करहरुले भारतबाट नेपाल भित्रियाउने गरेको चर्चा यतिबेला व्याप्त सुनिन्छ ।
त्यसै गरी राजश्व शंकलनको लागी स्थापित वीरगंज भन्सार कार्यालय (आइसिपि) परिसर पनि यती बेला तस्करहरुको लागी सहज बनेको श्रोतले जनाएको छ ।
वीरगंज भन्सार कार्यालयका केही मास्टरहरुको भ्रष्टनितिका कारण केही क्लियरिङ एजेन्टहरुले ग्रीन च्यानलबाट आउने मालसामान भित्र विभिन्न मुल्यवान बस्तुहरु भन्सार छली गरी सहजै नेपाल भित्रियाएर गन्तब्य सम्म पुर्याउने गरेको चर्चा मात्र नभई बेला बखत संचारमाध्यममा समेत आउने गरेका छन ।
यती मात्र नभई वीरगंजका नाकाहरुका साथै भन्सार कार्यालय परिसरबाटै तस्करी हुने गरेको पुष्टि गर्ने आधार भने पछिल्लो समय वीरगंजबाट विभिन्न सहरका लागी गएका मालबाहक सवारी साधनबाट बरोडौं मुल्य बराबरका अवैध मालसामान पक्राउ पर्नुलाई मान्न सकिन्छ ।
यसरी वीरगंजका विभिन्न ट्रान्पोर्ट र भन्सार कार्यालयबाट जाँच पास भई निस्केका मालबाहक सवारी साधनबाट अबैध मालसामान बरामद हुदा पनि राज्यका नियमाक निकाय बाट मातहतका सम्बध इकाइहरु उपर कुनै किसिमको कारवाही नहुने र यस्ता कृयाकलाप नियन्त्रण गर्न तर्फ समेत तदारुक्ता नदेखाउनुले राज्य प्रतिको जिम्मेवारी बाट विमुख हुनु सरह हुने तर्फ राज्यका नेतृत्वको ध्यानाकर्षण हुन जरुरी छ ।
राजश्व शंकलक र राजश्व छली नियन्त्रक निकाय कै संरक्षणमा तस्करी

Facebook Comments Box