spot_img

कुख्यात तस्कर मुख्तारको तस्करी लाईन सन्चालन



सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ कार्तिक ।
तस्करीको दुनियामा ख्याती कमाएका मुख्तारले पुनः पर्सामा ठूलो तस्करी लाइन पाएको छ ।
प्रहरी प्रशासनलाई मिलाएर तस्करी गर्न माहिर भारतीय कुख्यात तस्कर मुख्तारले नेपाल प्रहरी,शसत्र प्रहरी बल लगायत निकायलाई समेत मिलाई अहिले तस्करी कार्यलाई निरन्तरता दिइ रहेका छन् । माल खाएपछि प्रहरी सहितका सम्बन्धित निकाय मौन बसेका छन् ।
समान मुख्तारको हो भन्ने बित्तिकै नामै काफी छ, कसैले माल रोक्न सक्दैन् । माथिल्लो तहकै प्रहरी अधिकृतहरुले माल खाएपछि तल्लो तहका प्रहरी कर्मचारीलाई मुख्तारको माल स्कटि· गर्नु पर्ने अवस्था अहिले पर्सामा देखिएको छ ।
तस्कर मुख्तारले बीरगंज भन्सारको मेनगेट, इनर्वा गाउ लगायतको नाकाबाट तस्करीको लाइन लिएर तस्करी गराइरहेका खबरहरू सार्वजनिक हुन थालेका छन् ।
दशैंको पूर्णिमाको अघिल्लो दिनबाट मुख्तारको लागी तस्करी लाइन पुनः सञ्चालनमा ल्याउन प्रहरीले ग्रीन सिग्नल दिएको श्रोतले बताएको छ । भारतीय बजारबाट नेपालमा चोरबाटोबाट खासगरी कपडा ल्याउने काम गर्दै आएका मुख्तारले यस पटक भने कपडासंगै काजु चोरी पैठारी गर्ने लाईन पनि लिएको श्रोतको दावी छ ।
त्यति मात्र नभई नेपालबाट भारतमा रक्सी समेतको लैजाने गरेका छन् । भारतको विहारमा रक्सी प्रतिबन्धित रहेपनि मुख्तारले रातीको समयमा नेपालबाट भारततर्फ रक्सी पठाउने र भारतबाट कपडा, काजु, मोटर पार्टस र पटाखा (विष्फोटक पदार्थ) समेत नेपाल ल्याउने गरेका छन् ।
वीरगंज भन्सार कार्यालयको पछाडी र ईनर्वा गाउ क्षेत्रबाट रात्रीको समयमा सकेजति कपडा र काजु ढुवानी गरेर नेपाल भित्रियाउन सक्ने गरी प्रहरीले मुख्तारलाई लाईन दिएको बताइन्छ । मुख्तारले सीमावर्ती क्षेत्रमा रहेका नेपाल एवं सशस्त्र प्रहरीबलसंगै दुवै सुरक्षा निकायका प्रदेश प्रहरी प्रमुखसम्मलाई घुमुवा मार्फत रकम बांडेको तस्कर श्रोतबाटै बुझिन आएको छ ।
दैनिक करोडौं मूल्य बराबरको राजश्व छलि गरेर मुख्तारले इनर्वा गाउको नाकाबाट भरियाहरू मार्फत सुटिङ सर्टिङका कपडा, बनारसी साडी,महागो डिजाईनि· साडी, काजु भारतबाट नेपाल ल्याउने र बिहारमा प्रतिबन्धित मदिरा नेपालबाट भारततर्फ पठाउने गरेका छन ।
सीमावर्ती क्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रण गर्न, राजश्व चुहावट नियन्त्रण गर्न एवं शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन राज्यले परिचालन गरेको जिम्मेवार निकायबाटै मुख्तार जस्ता भारतीय एवं नेपाली तस्करहरूलाई संरक्षण भए पछि राजश्व असुलीमा गिरावट मात्र आएको छैन अर्थतन्त्र नै दिन प्रति दिन धराशायी हुंदै गएको छ भने केहि प्रहरी अधिकृतहरु एवं राजश्वका कर्मचारीहरु माल कमाई रहेका छन् ।
नेपाली व्यापारीहरुका अनुसार राजश्व छली नेपाल भित्रयाईको मालसमानसंग आफ्हुरुलाई प्रतिपष्पर्धा गर्न सक्ने अवस्था नरहेको कारण व्यापार चौपट भएको छ । प्रहरी प्रशासनले हदैसम्म तल झरेर अबैध कारोवार गर्न छुट दिए बापत मासिक नजराना बुझी रहेका छन् ।
सिमा सुरक्षाका जिम्मेवारी लिएका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सिमा क्षेत्र देखि प्रदेश सम्मका पदाधिकारीहरुले ग्रीन सिग्नल दिए पछि अहिले तस्करहरुले दैनिक १५–२० करोड भन्दा बढि मुल्य बराबरको कपडा, काजु, मोटर पार्टस, छोहडा, मरिच लगायतका सामानहरु सहजै पोखरा र काठमाण्डौं पुर्‍याउने गरेको पाइएको मंगलवार वीरगंज भन्सार परिसरमा भेटेका एक व्यवसायीले बताएका छन ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर