spot_img

आधुनिक हतियार सहित तिन पक्राउ



सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ कार्तिक ।
सशस्त्र प्रहरी वल नेपाल सिराहाबाट खटिएको टोलीले पेस्तोल र गोलि सहित ३ जनालाई पक्राउ गरेको छ ।
स प्र बल नेपाल ईन्टिलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सिरहा जिल्ला लहान न.पा. १ सि·राहीबाट आधुनिक हतियार सहित ३ जनालाई पक्राउ गरेको हो ।
सोमवार सांझ सुचना पश्चात खटिएको बिशेष टोलीले चेकजाँच गर्ने क्रममा स.९ प. ४९७१ मोटर साइकलमा सवार शंकास्फद तिन जना व्यक्तmीहरुको साथ बाट आधुनिक हतियार ९ ब्राउण्डिङ पेस्तोल १ थान , सोको म्याग्जिन १ थान, २ राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरी बल छिनमस्ता बाहिनि बर्दिबासले जनाएको छ ।
पक्राउ परेकाहरुबाट नगद रु. १ लाख ८४ हजार २ सय ५३ का साथै चार थान मोबाइल सेट र बिभिन्न कम्पनिको रु. ४ लाख ६४ हजार ५ सय मुल्य बराबर को रिचार्ज कार्ड पनि बरामद भएको जनाइएको छ ।
सशस्त्र प्रहरी बलले हतियार सहित सप्तरी जिल्ला सुरु·ा न.पा. वडा नं. ८ को ३२ वर्षीय अनिल राम , सुरु·ा न.पा. वडा नं. ५ को ३० वर्षीय जिबान्नद चौधरी र खड्क न.पा. वडा नं. ४ को ३५ वर्षीय संजय प्रसाद चौधरीलाई पक्राउ गरेको बाहिनिले जनाएको छ ।
पक्राउ परेकाहरू उपर अपराघिक गतिविधि मा संलग्न रहेको र भविष्यमा अप्रिय घटना घटाउन सक्ने भएकाले निजहरूलाई नियन्त्रणमा लई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने बाहिनिले जनाएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर