spot_img

मधेश प्रदेश सरकार र केन्द्र सरकार भ्रष्टाचारमा लिप्त भयो–डा. राउत



राकेश गुप्ता–––––––––––––––
मलंगवा, २० कार्तिक ।
जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सिके राउतले मधेशी जनताको अधिकार स्थापित गराउने लडाई अझै नसकिएको बताउनुभएको छ ।
सर्लाही जिल्ला कविलासीमा सोमबार जनमत पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा वृहद पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष डा.राउतले यस्तो बताउनु भएको हो ।
उहाले आफूहरुले कृषिको क्षेत्रमा राम्रो गर्ने प्रयास गर्दा गर्दै जिम्मेवारीबाट हटाएको बताउदै आफूहरुसंग पर्याप्त बहुमत नभएको कारण मधेश प्रदेशमा आफूहरुले राम्रो काम गर्न खोजेपनि गर्न नदिएको आरोप लगाउनु भयो ।
उहाले आफूहरुले जनताको मन जित्ने काम गरेकाले अरु पार्टी त्रसित भएको आयश व्यक्त गर्दै भन्नुभयो, जनताको माग पूरा भयो भने यो पार्टी लोकप्रिय हुन्छ भन्ने सोचियो । त्यसैले हामीले गाउगाउमा किसानका लागि मल कारखाना खोल्ने कृषि डाक्टरहरु पठाउने योजना बनाइ रहेकै बेला हामीलाई जिम्मेवारीबाट हटाएर विना विभागिय बनाएको आरोप लगाउनु भयो ।
अध्यक्ष डा. राउतले देशको अवस्था भद्रगोल भई सक्दा पनि मधेश प्रदेश सरकार, केन्द्र सरकार भ्रष्टाचारमा लिप्त भएको पनि आरोप लगाउनु भयो ।
लाखौं युवा विदेशिन बाध्य छन्, स्वदेशमै भएकाहरु पनि दिनदिनै आत्महत्या गर्न बाध्य छन भन्दै उहाले यहाका किसान, मजदुर आत्महत्या गर्न बाध्य भईसक्दा पनि शासकलाई कुनै मतलब छैन बरु भ्रष्टाचार गर्न र लुट्न मै मस्त छन् उहाले भन्नु भयो ।
उहाले मधेश प्रदेशका अर्थमन्त्रीलाई लक्षित गर्दै अर्थमन्त्रीले कुनै पनि योजना दिंदा सुरुमै कमिसन जम्मा गर्न लगाएको आरोप लगाउदै जनताको आम समस्या जस्ताको त्यस्तै रहेकाले आफूहरुको संघर्ष पनि अझै जारी रहेको बताउनु भयो ।
अध्यक्ष डा. राउतले जनताको हक अधिकार स्थापित गराउन जनमत पार्टीले संघर्षको लडाई लडि नै रहको बताउदै आगमी २०८४ सालमा हुने आम चुनावमा जनमत पार्टीलाई मधेश प्रदेशमा दुई तिहाई र केन्द्रमा निर्णायक सिटमा जिताउन आग्रह गर्नुझयो ।
सर्लाही जिल्ला इन्चार्ज श्रीचन यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सामाजिक व्यत्तित्वहरु सहित विभिन्न पार्टी परित्याग गरी ३ सय भन्दा बढी व्यक्तिहरु जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीका केन्द्रीय सदस्य विवेक शर्माले जानकारी दिनुभयो ।
जनमत पार्टीमा प्रवेश गर्ने नवप्रवेशीहरुमा सामाजिक व्यक्तित्व डा.गुणेश्वर झालगायत नेपाली कांग्रेस, नेकपा एमाले लगायत दलका नेताकार्यकर्ता रहेका छन् । नव प्रवेशीहरुलाई पार्टीका केन्द्रीय अध्यक्ष डा.सिके राउत लगायतका नेताहरुले दोसल्ला तथा माला लगाएर स्वागत गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष डा. राउतलाई एक क्वीन्टलको माला लगाइएको थियो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर