सहारा संवाददाता–––––––––––––––
वीरगंज, १५ कार्तिक ।
जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवं पर्सा क्षेत्र नं.१ का सांसद प्रदीप यादबले पछिल्लो नेतृत्व कमजोर हुंदा पार्टी नाजुक अवस्थामा पुगेको बताउनु भएको छ ।
जसपा पर्साले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले पछिल्लो नेतृत्वका कारण पार्टी नाजुक अवस्थामा पुगे पनि अहिले आएको नयाँ नेतृत्वले पार्टी चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाले संगठन छ, नेता कार्यकर्ता छन् तर पनि जिल्ला कमाण्डर कमजोर र अरुको बैशाखी बन्दा पार्टी नाजुक बन्न पुग्यो, अरुको बैशाखी बनेको कमजोर नेतृत्वलाई जिल्लाभरका साथीहरुको प्रयासले पाखा लगाएर मजबुद नेतृत्व चयन गरेसंगै पर्टीमा उत्साह र चलायमान बन्ने आशा जगाएको छ भन्नु भयो ।
सो अवसरमा उहाले अहिले देशको राजनीतिक अवस्था ठिक नभएको भन्दै संघीयतालाई धरापमा पार्न केही तत्व लागि परेको बताउनु भयो ।
तराईलाई मरुभुमीकरण बनाउने षड्यन्त्र स्वरुप सरकारले सदनमा पेश गर्न लागेको विधेयक फिर्ता नल्याए सरकार बाटै जसपा बाहिरिने चेतावनी पनि दिनुभयो ।
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य समेत रहनु भएका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, केन्द्रीय सदस्य मोहनलाल चौधरी, भीमा यादब, संघीय परिषद सदस्य विपिन यादव, शिवजी सोनी, जिल्ला समन्वय समितिका सभापति निरञ्जन सर्राफ (अजय सर्राफ), प्रेमबाबु पटेल लगायतको सहभागिता रहेको थियो ।
पार्टीका जिल्ला अध्यक्ष सिंगासन साह तेलीको सभापतित्वमा आयोजित कार्यक्रमको सहजिकरण जिल्ला सचिव उमेशलाल सहनीले गर्नु भएको थियो ।
पार्टीको नयाँ नेतृत्वले आशा जगाएको छ–यादव

Facebook Comments Box