spot_img
Homeसमाचारहोटेलमा महिलाको घाँटी रेटेर हत्या

होटेलमा महिलाको घाँटी रेटेर हत्या

रुकुम पश्चिम, १ कात्तिक (रासस)
रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१ खलङ्गास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शङ्कास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ऊक्त व्यत्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शङ्कास्पद व्यक्ति पक्राउ गरिएको छ, अनुसन्धान चलिरहेकाले सकिएपछि सार्वजनिक गरिने जानकारी दिनुभयो ।
मुसिकोट नगरपालिकाका( ७ साँखकी २८ वर्षीया भावना विक खलङ्गाको सत्कार होटेलको कोठा नम्बर १ मा मङ्गलबार बिहान मृत फेला परेपछि साँझ कोहलपुरबाट प्रहरीको कुकुरसहितको टोलीले घटनास्थलमा अनुसन्धान गर्नाका साथै शङ्कास्पद एक व्यक्ति पक्राउ गरिएको र मृतक महिलाको घाँटी रेटेर हत्या गरिएको उहाँको भनाइ थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण आर्थिक कारोबार रहेको देखिएको जनाइएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -