spot_img

लाखौं मुल्य बराबरको भन्सार छलीको सामान राजस्वमा



सहारा संवाददाता–––––––––––––––
वीरगंज, २८ असोज ।
पर्सा प्रहरीले नियन्त्रणमा लिएको भन्सार छली चोरी पैठारी गरी ल्याएको कम्प्युटर,ल्यापटप तथा कम्प्युटरका पार्टसहरू राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।
विशेष सूचनाको आधारमा खटिएका प्रहरी टोलीले शनिवार वीरगंज महानगरपालिका वडा नं.५ स्थित एक घरमा छापामारी गरी नियन्त्रणमा लिएको कम्प्युटर,ल्यापटप तथा कम्प्युटरका पार्टसहरू आइतवार राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त फ्रहरी टोलीले खानतलासीको क्रममा A.D. Computer Suppliers का सञ्चालक अजय सिंहले आफ्नो घरमा भन्सार छली चोरी पैठारी गरी ल्याएका कम्प्युटर, ल्यापटप तथा ईलेक्ट्रोनिक्स सामानहरू अनाधिकृतरूपमा भण्डारण गरेको फेला परे पछि नियन्त्रणमा लिइएको जिप्रकाले जनाएको छ ।
प्रहरी टोलीले सिंहको घरबाट अ.मू.रू.५१ लाख २६ हजार ७ सय बराबरको Dell Mini CPU Complete–७० थान, Dell Mini CPU Without System–३२ थान, Dell CPU Box without system–४१ थान, Dell CPU Box Complete–६० थान, Dell Complete CPU Set–७६ थान, Geonix hard disk–८८ थान, Dell Monitor–४२ थान, Mouse–५५० पिस, Monitor wire–३१२ पिस, CCTV Wire–१८,००० मिटर, Mother Board–२५ पिस, Graphic Card–११ पिस, Cooling Fan–१९ पिस, Laptop charger–१३१ पिस, Cat6 Cable–१ रोल, ड्रिल मेसिन–१ थान, Computer Battery–२०० पिस, Dell core I5 Laptop–८ थान र बिग्रेको ल्यापटप– १ थान बरामद गरेको जिप्रकाले जनाएको छ ।
उक्त सामानहरू भन्सार छली चोरी पैठारी गरी ल्याएको प्रज्ञापनपत्र विल बिनाको रहेकाले आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको हो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर