सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ असोज ।
विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा वीरगंजमा सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ ।
वीरगंज महानगरपालिका र वीरगंज नर्सि· क्याम्पसद्वारा सयुक्त रुपमा घण्टाघर चोकमा मानसिक स्वास्थ्य सम्बन्धमा तयार फारिएको सडक नाटक सहित सचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो ।
कार्यत्रममा वीरगंज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अनिल कुमार यादवले पछिल्लो समय मानसिक स्वास्थ्यका बिरामीहरु बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै मानसिक स्वास्थ्यका बारेमा जनचेतना अभिबृद्धी गर्नुपर्नेमा जोड दिनुभयो ।
वीरगंज नर्सिङ् क्याम्पसकी प्रमुख डा. कल्पना पौडेलले हरेक व्यक्ति मानसिक रुपमा स्वस्थ हुनुपर्ने आवश्यक्ता औल्याउदै सामाजिक सञ्जाल, बेरोजगारी, प्रेम, कुलत लगायतका कारण मानसिक स्वास्थ्य बिग्रिन सक्ने तर्क गर्नुभयो ।
ॅमानसिक स्वास्थ्य ः सबैको अधिकार’ भन्ने नारासहित मनाईएको विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा वीरगंज नर्सिङ् क्याम्पसमा अध्ययनरत छात्रा–छात्रहरुले सो अवसरमा सन्देशमुलक नाटक प्रस्तुत गरेका हुन ।
कार्यक्रममा दिब्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेल, नारायणी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) की इन्चार्ज हेमा थापा, बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रामप्रकाश साह, डा. अनुप कृष्ण गुप्ता, डा. नीतु बस्नेत, वीरगंज महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयांल लगायतको उपस्थिती रहेको थियो ।
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा सडक नाटक

Facebook Comments Box