सहारा संवाददाता–––––––––––––––
काठमाण्डौं, २० असोज ।
दोश्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८० मा सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड गायिका सुस्मिता स्याङ्तानले प्राप्त गरेकी छिन ।
एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.का कार्यकारी प्रमुख बिजेन्द्र नौबागे को सभापतित्वमा आयोजित कार्यक्रममा स्याङ्तानलाई अवार्ड प्रदान गरिएको हो ।
तामाङ सेलो गीत सगुन छ्योइजीबाट उनले अवार्ड प्राप्त गरेकी हुन ।
नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा चलचित्र बिकास बोर्ड चाबहिलको सभाहलमा कार्यक्रम भएको थियो ।
बिरिसु मिडियाका निर्देशक समेत रहेका स्याङ्तान रोयल फिल्मसले आयोजना गरेको चौथो ज्योति फिल्मस अवार्डमा कला सम्मान,पहिलो लाङ्टाङ राष्ट्रिय म्युजिक अवार्ड २०८० बाट सर्वोत्कृष्ट सेलो गायिकाको अवार्ड, सुपादेउराली म्युजिक प्रा.लीद्धारा सम्मानित भैसकेकी छिन ।
गायिका सुस्मिता स्याङ्तानलाई सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड

Facebook Comments Box