spot_img

जसपा पर्साको क्षेत्रगत समन्वय समितिका इन्चार्जहरु चयन, क्षेत्र नं १ मा सर्राफ र २ मा स्वर्णकारलाई जिम्मेवारी



सहारा सम्वाददाता……………
वीरगन्ज, १६ असोज
जनता समाजवादी पार्टी पर्साले जिल्लाको प्रतिनिधि सभा क्षेत्रगत समन्वय समितिको इन्चार्जहरुमा जुझारु युवा नेताहरुलाई जिम्मेवारी दिएको छ ।
जसपा पर्सा जिल्ला कार्य समिति पर्साकाे मंगलवार बसेको बैठकले प्रतिनिधि सभा क्षेत्र नं १ को समन्वय समितिको इन्चार्जमा जुझारु युवा नेता एवं जिल्ला समन्वय समिती पर्साका प्रमुख निरञ्जन सर्राफ (अजय सर्राफ) लाई दिएको हो ।
त्यसै गरी क्षेत्र नं २ मा युवा नेता एवं वीरगन्ज महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकारलाई बैठकले इन्चार्जमा चयन गरेको छ ।
यसरीनै गरी क्षेत्र नं ३ मा महन्त प्रसाद यादव र क्षेत्र नं ४ को इन्चार्जमा जंगबहादुर प्रसाद थारुलाई चयन गरिएको जसपा पर्साले जनाएको छ ।
जसपा पर्साका अध्यक्ष सिंहासन साह तेलीको नेतृत्वमा बसेको जिल्ला कार्य समितिको बैठकले क्षेत्रगत, पालिका र वडा तथा टोल टोलबाट पार्टी संगठन सुदृढीकरण गर्ने जिम्मेवारी तोकिएकाले हामी सोही अनुरूप दृढता पूर्वक अगाडि बढ्ने क्षेत्र नं १ का इन्चार्ज एवं जिल्ला समन्वय समिति पर्साका प्रमुख सर्राफले बताउनु भयो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर