spot_img

कमल थापाको जनता झुक्याउने चरित्र पुनः उदांगियोः ऋण मिनाहको झाँसा दिएर महिलाहरुलाई सभामा सहभागी गराए



सहारा संवाददाता–––––––––––––––
वीरगंज, १४ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाको देश एवं जनतालाई झुक्याउने नितिको पुनः उजागर भएको छ ।
हिन्दु राष्ट्र एवं राज संस्था पुनरस्थापनाको नारा सहित संविधानसभाको निर्वाचनमा जनतालाई झुक्याएर अत्याधिक मत लिन सफल भए पछि गणतन्त्रको पक्षमा उभिएर धोखा दिए जस्तै आइतवार वीरगंजमा आयोजना गरेको कार्यक्रममा पर्सेली जनतालाई झुक्याएर अध्यक्ष थापाको निति उजागर भएको हो ।
नेपाली नागरिक नभेटाएका अध्यक्ष थापाले आफ्नो पार्टीको पर्सा जिल्ला अध्यक्षमा भारतीय नागरिकलाई ल्याएर राखेका छन ।
राप्रपा नेपाल पर्साका अध्यक्ष भारत विहार राज्य सितामढि जिल्ला बेल निवासी नरेश साहले २०६३ सालमा झुठो विवरण पेस गरी नेपाली नागरिकता लिएको पुष्टी भए पछि गत वर्ष नै जिल्ला प्रशासन कार्यालय पर्साले साहको नागरिकता खारेजीको लागि गृहमन्त्रालयमा सिफारिस गरिसकेको छ ।


ती नै भारतीय नागरिक साह मार्फत पर्सा जिल्ला सदरमुकाम वीरगंजमा आयोजना गरेको आमसभामा सहभागीताको लागी जिल्ला ग्रमिन भेगमा सरकारी तथा गैर सरकारी बैंकबाट लिएको ऋण मिनाह गराउन कार्यक्रम आयोजना गरेको झाँसा दिएर त्यसमा सहभागी हुन प्रचार गरेको समाचार सार्वजनिक भएको छ ।
राज संस्था सहित हिन्दु राष्ट्र प्रति समर्पित जनतालाई धोखा दिएर विगतमा गणतान्त्रीक सरकारका हिमायती बन्न पुगेका थापा पछिल्लो निर्वाचनमा जनताबाट वहिस्कृत हुनुको साथै तत्कालिन अध्यक्ष रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता/कार्यकर्ताबाट समेत बहिस्कृत भए पछि राप्रपा नेपालको अध्यक्ष बनेको चर्चा व्याप्त छ ।
यसै विच राप्रपा नेपालको लागि थापाको नेतृत्वमा नेपाली नागरिक आकर्षित नभए पछि भारतीय नागरिकलाई जिल्ला अध्यक्ष नै बनाएर पर्सा जिल्लामा पार्टी संचालन गरेका छन भने धोखा दिने आफ्नो चरिक्र आइतवार वीरगंजमा आयोजित कार्यत्रममा जनतालाई झुक्याएर खास गरी महिलाहरुलाई । कार्यक्रम गरेको प्रति सहभागीहरुले नै आक्रोस पोखेका छन ।
कार्यक्रममा सहभागीताको लागी ऋण मिनाह गराउन कै लागि कार्यक्रम आयोजना भएको भनी ग्रामिन भेगमा झुठा प्रचार प्रसार गराएको सहभागीहरुले बताएका छन ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर