सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ असोज ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजलाई हराभरा र सुन्दर बनाउने अभियानमा हातेमालो गर्न आहृवान गर्नु भएको छ ।
अलाइड युथ सोसाइटीले वीरगंज स्थित मधेश विश्वविद्यालय परिसरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाले यस्तो आहृवान गर्नु भएको हो ।
उहाले सबैले हेर्न लायक र घुम्न लायक वीरगंज बनाउने अभिभारामा आफु जुटेको बताउदै महानगर एक्लैको प्रयासले सम्भव नहुने बताउनु भयो ।
सो अवसरमा उहाले वीरगंजका युवाहरु सामाजिक कार्यमा सक्रिय भइरहेको प्रति खुशी व्यक्त गर्दै युवाको सहभागिता बिना समृद्धि सम्भब नहुने बताउनु भयो ।
त्यसै गरी मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले युवा नै समृद्धिको आधार भएको बताउदै देशका मेरुदण्ड मानिने युवाहरु सामाजिक कार्यमा सरिक भएर सामाजिक सद्भाव र भाइचारा कायम राख्नुपर्ने सुझाव दिनु भयो ।
समृद्ध नेपाल फाउण्डेशनसगको सहकार्यमा अलाईड युथ सोसाइटीले आयोजना गरेको कार्यक्रममा गुलमोहर, निम, सिम्जन, मसाला सहित विभिन्न प्रजातीका फूल गरेर १ सय वटा विरुवा रोपिएको सोसाइटीका अध्यक्ष ओम कुमार झाले जानकारी दिनु भयो ।
वीरगंजलाई हराभरा बनाउन हातेमालो गरौं–मेयर सिंह

Facebook Comments Box