spot_img

लागु औषध गाँजा सहित दुई पक्राउ



सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ असोज ।
प्रतिबन्धित लागु औषध गाँजा सहित पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी प्रसौनीभट्टाबाट खटिएको प्रहरी टोलीले बिहिवार पर्सा जिल्ला बिन्दबासिनी गाउपालिका वडा नं.५ प्रसौनीभट्टा गाउ नजिक सडकखण्डबाट लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरी टोलीले चेकजाँच गर्ने क्रम्मा संकास्पदरूपमा साईकल चलाएर गईरहेको बहुदरमाई न.पा. वडा नं.९ बिश्रामपुरको लोटन राउत कुर्मी र देवलाल साह कलवारलाई खानतलासी गर्दा लुकाई छिपाई आफ्नो शरिरमा पहेलो रङको टेपले बेरी बांधेको कालो रङको पोलोथिनको ४ वटा पोकामा १/१ किलो दरले ४ किलो लागू औषध गााजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लागु औषध सहित पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय पोखरीयामा पुर्‍याएर उनीहरु विरुद्द लागु औषध सम्बन्धि कसूर मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति प्रदान गरी अनुसन्धान कार्य भइरहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर