सहारा संवाददाता–––––––––––––––
वीरगंज, ११ असोज ।
करोडौं मुल्य बराबरको अबैध सामान सहित बारा प्रहरीले चार ट्रक नियन्त्रणमा लिएको छ ।
विषेश सूचनाको आधारमा खटिएका प्रहरी टोलीले वीरगंजबाट काठमाण्डौं र रुपन्देही तर्फ जांदै गरेको मालबाहक चार ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले बिहिवार विभिन्न समयमा बारा जिल्ला जितपुरसिमरा उ.म.न.पा.वडा न.०१ स्थितबाट काठमाण्डौं तर्फ जादै गरेको ना.६.ख.७१ र वा.४.ख११२५ नं.को ट्रकलाई रोकेर चेकजाँच गर्दा बिल विजक भन्दा बढी र सामानहरुको श्रोत खुलाउन नसकेको सामानहरु फेला परे पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
त्यसै गरी जितपुरसिमरा उ.म.न.पा. वडा न. ०७ र वडा न.२१ अम्लेखगंजबाट रुपन्देहीतर्फ जादै गरेको ना.४ ख ९०९१ र ना. ६ ख ३०२४ नं.को डिब्बा ट्रकलाई रोकेर चेक जाँच गर्दा बिल विजक भन्दा बढी र सामानहरुको श्रोत खुलाउन नसकेकोले उक्त ट्रकहरु पनि सामान सहित नियन्त्रणमा लिएको जिप्रका बाराले जनाएको छ ।
प्रहरी टोलीले नियन्त्रणमा लिएको ना.६.ख.७१ न.को ट्रकमा अं.मुल्य रु.३५ लाख २७ हजार ४ सय ७४ र वा. ४. ख ११२५ नं.को ट्रकमा अं.मु.३६ लाख ६२ हजार ९ सय ७२ को समानहरु रहेको छ भने, ना.४ ख ९०९१ न.को ट्रकमा अं. मुल्य रु.२४ लाख ९९ हजार ५ सय ७९ र ना. ६ ख ३०२४ नं.को डिब्बा ट्रकबाट अं. मुल्य रु.३४ लाख ९५ हजारको खुद्रा सामानहरु रहेको जिप्रका बाराले जनाएको छ ।
चार ट्रकमा लोड रहेको मालसामानका जम्मा अ. मुल्य रु.१ करोड ३१ लाख ८५ हजार २५ बराबरको रहेको प्रहरीले जनाएको छ ।
करोडौं मुल्य बराबरको अबैध सामान सहित चार ट्रक नियन्त्रण
Facebook Comments Box