spot_img
Homeदेशमधेशशिक्षा क्षेत्रको विकास उच्च प्राथमिकतामा–मुख्यमन्त्री यादव

शिक्षा क्षेत्रको विकास उच्च प्राथमिकतामा–मुख्यमन्त्री यादव

सहारा संवाददाता––––––––––––––––
जनकपुरधाम, ०९ असोज ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शिक्षा क्षेत्रको विकास प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।
महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकालाई साक्षर नगरपालिका घोषणा सार्वजनिकीकरण कार्यक्रममा मुख्यमन्त्री यादवले यस्तो बताउनु भएको हो ।
उहाले मधेस प्रदेश शिक्षामा निकै पछाडि रहेकाले मधेस प्रदेशको शिक्षाको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।
शिक्षा संसारकै सबैभन्दा ठूलो धन रहेको र शिक्षा भएपछि संसारको कुनै कुनामा कोही कहिले पनि भोको मर्दैनन् भन्दै उहाले मधेस प्रदेशका अभिभावकहरुलाई आ–आफ्ना बालबालिकालाई शिक्षा दिन आग्रह गर्नुभयो ।
मुख्यमन्त्री यादवले सार्थक र उपयोगी शिक्षाका लागि विद्यार्थी, अभिभावक, शिक्षक, सरकारलगायत सरोकारवाला सबैलाई आ–आफ्नातर्फबाट इमान्दारीपूर्वक दायित्व बहन गर्न पनि आग्रह गर्नुभयो ।
उहाँले मधेस प्रदेश सरकार प्रदेशभित्र शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेर प्रदेशको चौतर्फी विकास गर्न उद्दत रहेको बताउदै आवश्यक सहयोगका लागि सधैँ तयार र तत्पर रहने प्रतिबद्धतासमेत समेत व्यक्त गर्नु भयो ।
जलेश्वर नगरपालिका मधेस प्रदेशको तेस्रो र महोत्तरी जिल्लामा पहिलो साक्षर पालिका घोषणा भएको हो । कार्यक्रममा जलेश्वर नगरपालिकाको ६३ हजार ८ सय २ जनसंख्या रहेकोमा ३४ हजार ४ सय ४८ जना (१५ देखि ६० वर्ष सम्मका) ९५ दशमलव ०५ प्रतिशत मानिस साक्षर रहेको तथ्याङ्क प्रस्तुत गरिएको छ । नेपाल सरकारको प्रावधान अनुसार ९५ प्रतिशतभन्दा माथि साक्षरता संख्या पुगेको पालिकालाई साक्षर घोषणा गर्न सकिने छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -