spot_img
Homeसमाचारनूतन कृतिको “कैदी बनाउ मलाई “को भीडियो गीत सार्वजनिक (भिडियोसहित)

नूतन कृतिको “कैदी बनाउ मलाई “को भीडियो गीत सार्वजनिक (भिडियोसहित)

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ असोज ।
गीतकार नूतन भुसालको गीती एल्बम नूतन कृतिमा रहेको “कैदी बनाउ मलाई” बोलको गीत भीडियोसहित सार्वजनिक भएको छ ।
संगीतकार सुनिल मास्केको एकल संगीत र गीतकार नुतन भुसालको एकल शब्दमा रहेको एल्बममा बिभिन्न गायक गायिका हरुले आफ्नो आवाज दिनु भएको छ ।
कैदी बनाउ बोलको गीतमा गायक विश्व नेपालीको स्वर रहेको छ भने रिकेश गुरुङको संगीत संयोजक रहेको गीतकार भुसालले बताउनु भयो ।
राज लिम्बुको निर्देशनमा बनेको सो गीतमा प्रकाश श्रेष्ठ एवं विष्णु कट्टेल पराजुलीले अभिनय गर्नु भएको छ ।
ईजरायलको सेरोफेरोमालाई सन्तोषले बडो कलात्मक ढंगले छायाङ्कन गरी गीतको भिडियोलाई आकर्षक बनाइदिएका छन् ।
गीतकार भुसालले गीतको लेखनदेखि छायाँकन हुँदै अन्तिम रुप दिन सबैले सहयोग र मिहिनेत गरेकै कारण दर्शकहरु सामु पुगेकाले दर्शक स्रोताले पनि सो गीतलाई सुनिदिन आग्रह गर्नुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -