spot_img

ठुलो परिमाणमा चरेस सहित एक पक्राउ



सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ असोज ।
लागु औषध चरेश बोकेको मोटरसाइकल सहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएका लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले पर्सा जिल्ला जिराभवानी गाउपालिका वडा नं.१ गम्हरिया स्थित सडकखण्डबाट चरेश बोकेको मोटरसाइकल सहित एक जनालाई पक्राउ गरेको हो ।
संयुक्त टोलीले सुवर्णपुरबाट वीरगंज तर्फ आउदै गरेका ना.६१ प ९७०० नम्बरको मोटरसाईकललाई रोकेर खानतलासी गर्दा ठोरी गाउपालिका वडा नं.४ विजयबस्ती बस्ने वर्ष ३४ को क्षेत्र बहादुर श्रेष्ठले मोसाको पछाडी सिटमा सेतो बोराभित्र टेपले र्‍यापिङ गरी प्रति प्याकेट ५०० ग्रामका दरले ६४ प्याकेटमा रहेको ३२ किलो लागु औषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
चरेस फेला परे पछि मो.सा. सहित क्षेत्र बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिइ जिप्रकामा ल्याएर लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिप्रका पर्साका प्रवक्त प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर