spot_img
Homeसमाचारबाबु छोराको एउटै चितामा अन्त्येष्टि

बाबु छोराको एउटै चितामा अन्त्येष्टि

दाङ, ८ असोज (रासस)
सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका एकै घरका बाबु छोराको एउटै चितामा अन्त्येष्टि गरिएको छ । सोमबार साँझ ६ बजेतिर ग्वारखोलाको चितामा अन्त्येष्टि गरिएको स्थानीय सागर रोकाले बताउनुभयो ।
दुर्घटनामा मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका–१८ ग्वारखोला टोलका बुबा ५० वर्षीय गणेश बुढा र छोरा २५ वर्षीय भक्तबहादुरको एउटै चितामा अन्त्येष्टि गरिएको हो ।
दुबै जनाको सल्यान कपुरकोटमा गाउँपालिका–३ चोरखोला नजिकैको सेतापैरामा दुर्घटना हुँदा मृत्यु भएको हो । आफ्नै गाडीमा तरकारी ल्याउँदै गरेको अवस्थामा सोमबार बिहान साढे ६ बजेतिर जीप अनियन्त्रित भई पल्टिँदा घटनास्थलमै मृत्यु भएको थियो ।


छोराले गाडी चलाइरहेका थिए भने बुबा सोही गाडीमा सवार थिए । दुवै बाबु छोरा सल्यान, रोल्पालगायतबाट तरकारी ल्याएर दाङसहित बुटवल, नारायणघट, बाँकेलगायतका बजारमा विक्री गर्दै आएका थिए । उनीहरू पाँच वर्षदेखि यसरी काम गर्दै आएको वडाध्यक्ष माधव वलीले बताउनुभयो । “उहाँहरू लामो समयदेखि छोराले गाडी चलाउने र बुबा सँगै हिँड्ने गर्नुहुन्थ्यो”, वडाध्यक्ष वलीले भन्नुभयो, “रोल्पा, सल्यानबाट तरकारी ल्याएर बेच्ने गर्नुहुन्थ्यो ।”
रा १ च १०२५ नम्बरको जीफ साढे तीन सय मिटर तल खस्दा टुक्राटुत्रा परेको थियो । सोही दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–२ निवासी ३५ वर्षीय नारायण योगी घाइते हुनुभएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -