spot_img
Homeसमाचारबम विष्फोटबाट राजमार्गमा क्षति

बम विष्फोटबाट राजमार्गमा क्षति

बाँके, ३१ भदौ (रासस)
बाँकेको राप्ती सोनारी गाउँपालिका–८ नयाँ गाउँ नजिकै पूर्व(पश्चिम राजमार्गमा आज बिहान बम विष्फोट हुँदा सडकमा क्षति पुगेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार घटनास्थलमा विष्फोटक वस्तुमा प्रयोग भएका तार र चाउचाउको खोल भेटिएको छ ।
विस्फोटले सडकमा भ्वाङ परेको छ । प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक तिवारीले बताउनुभयो ।
सडकमा भ्वाङ परेकाले एकतर्फी रुपमा मात्र सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -