spot_img
Homeआलेखचिनियाँ नक्साबाट विश्व समुदाय आक्रोशित

चिनियाँ नक्साबाट विश्व समुदाय आक्रोशित


साम्राज्यवाद, विस्तारवाद, पुँजीवाद र उपनिवेशवादको चर्को बिरोध गर्ने साम्यवादी राष्ट्र चीन स्वयं नै अहिले यस नीतिलाई आत्मसात गरेको छ ।
चीनले अहिले जारी गरेको नयाँ नक्सामा आफनो प्रतिद्धन्दी राष्ट्र भारतको अक्साई चीन र अरुणाचल प्रदेशका केही भूभागलाई मात्रै आफनो नकसामा समावेश गरेको छैन अपितु ताईवान देशलाई नै आफनो भुभाग भएको दावी गरेका छ ।
विवादित दक्षिण चीन सागरका क्षेत्रलाई पनि आफनो अंगको रुपमा यसले दावी गरेपछि चीनको विश्वव्यापी रुपमा विरोध हुन थालेको छ ।अन्तरराष्ट्रिय न्यायाधिकरण द्धारा फिलिपन्सिको भुभागको रुपमा घोषित दक्षिण चिन सागरको भुभागलाई समेत यसले आफनो नक्सामा गाभेपछि पिलिपिन्स पनि आक्रोषित छ ।
नया नक्साको चारैतिर विरोध भईरहेको छ । कतिपयले यसलाई चिनिया विस्तारवादको संज्ञा पनि दिएका छन ।
२०२३ को चीनको स्टयाण्डर्ड नक्सा भनिएको यसमा चीनले आफनो प्रायः सवै जसो छिमेकी देशहरुलाई जिस्क्याउने काम गरेको छ , उत्तेजित पार्ने काम गरेको छ ।
कुनै पनि देशको भुभागलाई चिनिया भाषमा नामाकरण गरी त्यसलाई आफनै भएको दावी गर्ने चिनिया परिपाटिवाट विश्व समुदाय अवगत नै छ ।
समय समयमा नेपाली भुभाग माथि पनि चीनले अवैध कब्जाको प्रयास गर्ने, नेपाली भूभाग भित्र संरचना बनाउने र नेपालबाट विरोध भएपछि आफनो भएको दावी गर्दै आएको छ । चीनसित सीमाना जोडिएका नेपालका अनेकौ ठाउँमा सीमान विवाद रहेको पाइन्छ ।
विश्वका २७ विभिन्न देशहरुसित चीनको सिमाना विवाद रहेको छ । उपरोक्त देशहरु अवश्य पनि क्षेत्रफल, जनसंख्या, आर्थिक सम्पन्नताको हिसाबले चिन भन्दा कम्जोर राष्ट्र हुनुपर्छ ।
कमजोर राष्ट्रले चीनसित बलजफतीसीमाना विवादको निहु झिक्न सक्दैन । अवश्य नै यसमा पनि चीनको हात हुनुपर्छ । यो नयाँ नक्सा चिनिया विस्तारवादको प्रतीक हो ।
चीनका बामपन्थीहरु मात्रै होइन विश्वकै बामपन्थीहरुले बडो आदर एवं सम्मानका साथ स्मरण गर्ने चिनिया नेता पूर्व चिनिया राष्ट्रपति माओत्सेतुङ्गले एक पटक भनेका थिए कि तिब्बत त चीनको हातको हत्तकेला हो जवकि नेपाल, भुटान, सिक्किम लेह(लद्याख र अरुणाचल प्रदेश यसका औला हुन । उपरोक्त ५ वटै क्षेत्रमा समय समयमा सीमाना विवाद उत्पन्न गर्ने काम चीनवाट हुदै आएको छ ।
भुटानको डोक्लाम क्षेत्रमा झडप भएको केही समय बित्न नपाउदै भारतको गलवान उपत्यका क्षेत्रमा चीनले सीमानामा अस्थिरता निम्त्याउन खोज्दा चर्को विवाद भएको थियो । आखिर केही सिप न लागे पछि चिनीया सैनिकहरु शुरुमा डोक्लामवाट र पछि गलवान उपत्यका क्षेत्रवाट पनि अपमानित भई रित्तो हात फर्किनु परेको थियो ।
अहिले पनि भारत र चीन वीच सिमाना विवाद कायमै छ । यस नयाँ नक्साले आगोमा घ्यू हाल्ने काम गरेका छ । चीनको प्राकृतिक संसाधन मन्त्रालयले जारी गरेको यस नक्साका कारण विगत तीन वर्ष देखि तनावपूर्ण अवस्थामा रही आएको दुई देश बीचको तिक्तापूर्ण सम्बन्धमा थप फाटो ल्याउने काम भएको छ ।
सैन्य तहमा दुई देशबीच १९ पटक वार्ता भएपनि समस्या समाधान हुन सकेन । यसै महिना भारतमा जी २० को शिखर सम्मेलन पनि हुन गईरहेको छ । तर शिखर बैठक भन्दा केही अघि मात्रै चीनले यस्तो नक्सा जारी गरेर भारतसितको सम्बन्धलाई सामान्य बनाउनमा उसको कुनै अभिरुची नरहेको प्रष्ट देखिन्छ ।
भारतको विदेश मनत्रालयले हामी यस्ता दावीहरुलाई अस्वीकार गर्दछौ भनेको छ । चिनीया पक्षको यस्तो कदमले सीमा समस्याको समाधानको सवाललाई थप जटिल बनाउने छ । चीनको दावीलाई बेतुकको संज्ञा दिदै भारतीय विदेशमन्त्री एस जयशंकरले यस्तो दावी गर्दैमा भारतको भूभाग चीनको नहुने प्रष्ट सन्देश दिएका हुन ।
मलेसियाले पनि चीनको नया नक्सा अस्वीकार गरेको छ । चीनको नयाँ नक्सामा दक्षिण चीन सागरमा मलेसियाले दावी गरेको जलक्षेत्रलाई पनि चीनले आफनो भएको घोषण गरेको छ । समुद्रमा चीनको बढदो दावीलाई लिएर धेरै एसियाली देशहरुले आपत्ति जनाएका छन् । मलेसियाली विदेश मन्त्रालयले चीनको एकपक्षीय दावीलाई अस्वीकार गर्दे यसलाई स्वीकार गर्न आफनो देश बाध्य नभएको बताएको छ । द्धन्दलाई शान्तिपूर्ण र तार्किक वार्तावाट समाधान गर्नुपर्नेमा चीनले लगभग पूरै साउथ चाइना सागर माथि दावी गर्दै आएको छ । दक्षिण चीन सागरको माध्यमबाट वार्षिक रुपमा ट्रिलियन डलरको अन्तरराष्ट्रिय व्यपार हुने गर्दछ ।
अन्तराष्ट्रिय अदालतले पनि दक्षिण चीन सागरमा चीनको दावी वैध नभएको फैसला गरेको छ । फिलिपिन्स, भियतनाम र ब्रुनाइले पनि दक्षिण चीन सागरमा चिनीया दावीलाई अस्वीकार गर्दै आएका हुन । अर्कोतर्फ अन्तराष्ट्रिय समुद्री मार्गमा आवतजावतको स्वतन्त्रता कायम राख्न अमेरिकाले आफना नौसैनिक जहाजहरुलाई दक्षिण चीन सागरमा राखेको छ । दक्षिण चीन सागरमा चीन धेरै कृत्रिम द्धिप निर्माण गरेको छ ।
यसमा साथै सैन्य सुविधा र धावन मार्ग पनि निर्माण गरेको छ । दक्षिण(पूर्व एसियाका धेरै देशहरुले चिनीया जहाजहरुले आफनो माछा मार्ने डुङ्गालाई दुव्र्यवहार गरेको आरोप लगाउदै आएको छ । चीनसित सिमाना विवाद भएका देशहरुको फेहारिस्त लामो छ तर कतिपय देशहरु चीनको डरले पनि आफनो भूभागवारे दावी गर्नमा कन्जुस्याई गर्दछन् । चीनले नेपालको सिमाना मिच्ने क्रम रोकिएको छैन । केही वर्ष अधि सिन्धुपालचोक जिल्लामा भोटेकोशी खोलाको किनार नजिकै पक्की पिलर हालेर सानो भवन जस्तो बनाउन थालेको ठम्याई नेपालका एकजना प्रसिद्ध सीमाविदको रहेको छ । कमसेकम सिमानाबाट १० मिटर छोडेर बनाउनु पर्ने हो तर भिरालो भाग पनि छोडेको छैन । त्यस्तै दोलखाको लामाबगर भन्दा उत्तर लाप्चे गाँउको उत्तर पारिको कोर्लाङ पारीको डिपा भने ठाँउ पनि अव पिलर नम्बर ५७ अंकित हुनुपर्नेमा त्यस भन्दा नेपाल तर्फको भागमा भिरालो चट्टानमा खोपेर बोर्डर मार्कर ५७ भनेर लेखिएको रहेछ । त्यस कारण नेपालको ९ विघा जमीन विवादमा परेको दावी ति सिमाविदको रहेछ ।
उत्तरी छिमेकीद्धारा नेपालको सिमाना अतिक्रमण अथवा नेपाली भूभागमा संरचना निर्माणको घटना गोरखा र हुम्लामा पनि देखिएको थियो । राष्ट्रिय मानव अधिकार आयोगको केही वर्ष अघिको प्रतिवेदनमा पनि पश्चिमी र सुदुर पश्चिमी नेपाली सीमावर्ति जिल्लाका केही भूभाग उत्तरी छिमेकीको कब्जामा रहेको तथा सीमास्तम्भहरु यथा स्थानमा नरहेको अथवा सारिएको कुरा उल्लखित थियो । सीमावर्ति क्षेत्रका जनता र जनप्रतिनिधीहरु प्नि यस विषयलाई समय समयमा आफनो स्तरवाट उठाउने गरेका छन ।
उत्तरी छिमेकीले गलत गर्न सक्दैन भने अन्तिम निश्कर्ष बनाई बसेका हाम्रो अधिकांश बामपन्थी बुद्धिजिवी, राजनीतिज्ञ र विश्लेषकहरुको निम्ति यस कुराको कुनै अर्थ हुदैन । उत्तरी छिमेकी चीनले जारी गरेको नया नक्साको सुक्ष्म विश्लेषण पुरै विश्वले गरिरहेको छ र चीनका सीमावर्ति देशहरुले पनि यस नक्सा प्रकरणले थय समस्या सृजित गर्ने निश्कर्षमा पुगेका छन ।
कहिले आर्थिक एवं राजनितिक,कहिले कूटनितिक त कहिले सभ्यता र संस्कृतिको नाममा,र कहिले विकास र सुरक्षाको नाममा तथा अब अहिले आएर नया नक्सा मार्फत आफनो विस्तारवादी नीतिलाई मूर्तरुप प्रदान गर्न चीनले निरन्तर प्रयास गर्दे आएको छ ।चिनीया नयाँ नक्साको विश्वव्यापी रुपमा विरोध भई रहेको छ । यसमा नेपाली भुभाग पनि समेटिएको हुन सक्ने सम्भावनालाई खारेज गर्न सकिदैन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -