सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ भदौ ।
बिल बिजक भन्दा बढी केमिकल्स तथा खुद्रा मालबस्तुहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डबाट केमिकल्स तथा खुद्रा मालबस्तुहरू लोड ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले बा.प्रदेश ०१–००६ ख २७३१ नम्बरको मालवाहक ट्रकलाई रोकेर जा“च गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको भेटिए पछि उक्त ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको ट्रक सहित केमिकल्स तथा खुद्रा मालबस्तुहरूको अ.मु.रू ४१ लाख ५२ हजार ३ सय १९ मुल्यांकन गरी आवश्यक कारवाहीको लागि बिहिवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जानएको छ ।
केमिकल लोड ट्रक नियन्त्रण

Facebook Comments Box