सहारा दैनिक

spot_img
Homeसमाचारसाहिब दरबारद्वारा त्रिजुद्ध माविमा निःशुल्क आँखा परिक्षण शिविर आयोजना

साहिब दरबारद्वारा त्रिजुद्ध माविमा निःशुल्क आँखा परिक्षण शिविर आयोजना

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १७ भदौ ।
त्रिजुद्ध मावि प्रांगणमा पाँच दिने निःशुल्क आँखा तथा दाँत परीक्षण शिविर सुरु भएको छ ।
वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा साहिब दरबारद्वारा आयोजित एक कार्यक्रम विच शिविर शुभारम्भ गरिएको छ ।
आइतबार देखि सुरु भएको शिविर बिहिवार सम्म संचालन हुने भएको हो ।
विद्यालयमा विद्यार्थी संख्या धेरै भएकाले पढाई प्रभावित नहुने गरी ५ दिनसम्म सबै विद्यार्थीको आँखा तथा दाँत जाँच गर्ने गरी शिविरको आयोजना गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले बताउनु भयो ।
शिविरमा विद्यार्थीहरुको आँखा तथा दाँतको परीक्षण गरिने वीरगंज सामुदायिक आँखा अस्पतालका व्यवस्थापक प्रेम घिमिरेले जानकारी दिनुभयो । शिविरमा अस्पतालका नेत्र विशेषज्ञ प्रभात चौरसिया नेतृत्वको टोलीले विद्यार्थीहरुको आँखा जाँच गरीरहेको छ । शिविरमा आँखाको समस्या देखिएकाहरुलाई निशुल्क रुपमा औषधि समेत वितरण गरिएको घिमिरेले जानकारी दिनुभयो ।
पछिल्लो समयमा आँखा पाक्ने रोग फैलिएपछि विद्यालयमै शिविरको आयोजना गरेर सबै विद्यार्थीको निशुल्क जाँच गर्ने व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक नविन मिश्राले बताउनुभयो ।
साहिब दरबारले यसअघि वीरगंजका विभिन्न विद्यालयमा आँखा तथा दाँत शिविर आयोजना गरी विद्यँर्थीहरुको आँखा परिक्षण गरेका छन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -