spot_img

सुरक्षा कारवाहीमा चार जना आतंकवादी मारिए



इस्लामावाद, ६ भदौ (रासस÷एएनआई)
दक्षिणी वजिरिस्तान जिल्लामा सुरक्षाफौजले गरेको पछिल्लो कारवाहीमा चार जना आतङ्कवादी मारिएका छन् ।
वजिरिस्तानको अस्मान मञ्जामा मङ्गलबार आतङ्कवादीसँग भएको दोहोरो झडपमा छ जना सैनिक जवान शहीद भएका सेनाको सञ्चार विभागले आज जनाएको हो । कारबाहीमा दुई जना आतङ्कवादी पनि घाइते भएका छन् ।
झडप भएको स्थानबाट आतङ्कवादीलाई निमिट्यान्न पार्न विशेष कारवाही जारी रहेको जनाइएको छ । साथै सेनाले देशबाटै आतङ्कवादलाई निर्मल गर्न आफू प्रतिबद्ध रहेको बताएको छ ।
यसैबीच, पूर्वप्रधानमन्त्री एवं पाकिस्तान मुस्लिम लिग एनका अध्यक्ष शेहवाज शरिफले सुरक्षाफौजको प्रशंसा गर्नुभएको छ । सामाजिक सञ्जालमा उहाँले देशको राष्ट्रिय सेनालाई आफ्नो दलको पूर्ण समर्थन रहेको उल्लेख गर्दै आतङ्कवादलाई परास्त गर्न पाकिस्तानी सैनिकलाई सफलता मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । साथै उहाँले शहादत प्राप्त गरेको सैनिक जवानप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।


गत वर्ष नोभेम्बरमा प्रतिबन्धित तेहरिक(ए(तालिबान पाकिस्तानले सरकारसँगको युद्धविराम भङ्ग गरेपछि विशेष गरी खैबर पख्तुनख्वा र बलुचिस्तानमा आतङ्कवादी गतिविधिमा वृद्धि भइरहेको बेला सुरक्षाफौजले उक्त प्रान्तमा विशेष अभियान सञ्चालन गरेको छ ।
यसैबीच, खैबर पख्तुनख्वाको बारा क्षेत्रमा गुप्तचर सूचनामा आधारित कारवाहीका क्रममा दुई जना आतङ्ककारी मारिएका पाकिस्तानी सेनाको सञ्चार विभागलाई उद्धृत गर्दै दैनिक समाचारपब डनले जनाएको छ । यसै साताको प्रारम्भमा उत्तरी वजिरिस्तानको रामजाक क्षेत्रमा गरिएको कारवाहीमा पनि दुई जना आतङ्ककारी मारिएका थिए ।
अन्तरसेवा जनसम्पर्क महानिर्देशक मेजर जनरल अहमद शरीफ चौधरीले गत जुनमा आयोजित एक पत्रकार सम्मेलनमा यो वर्ष गुप्तचर सूचनामा आधारित १३ हजार एक सय १७ वटा सुरक्षा कारवाही सञ्चालन गरेर एक हजार एक सय ७२ जना आतङ्कारीलाई मारेको बताएका थिए ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर