करिब एक क्वीन्टल सुन तस्करीमा संलग्न चिनिया अपराधिक गिरोहको कृत्यले त्रिभिवन अन्तरराष्ट्रिय विमान स्थलको सुरक्षा प्रणाली माथि गम्भिर प्रश्न खडा गरेको छ । नेपालमा चिनिया नागरिक सुन तस्करीको घटनामा संलग्न पाइएका यो पहिलो घटना पनि होइन न त यो अन्तिम नै हो ।
सुन तस्करी, कल वाइपास, मानव तस्करी, अनलाईन ठगी देखि विदेशी मुद्राको अवैध कारोवार लगायतका अपराधमा चिनिया नागरिकको संगठित संजाल नेपालमा बढ्दै गएको छ, जसले गर्दा देशको अर्थतन्त्र मात्रै होइन राष्ट्रिय सुरक्षामा समेत चुनौती थपिएको छ । नेपालमा चिनियाको अपराधिक संजाल विस्तार हुनुमा हाम्रो पनि कमजोरी छ ।
उनीहरुलाई हामी निशुल्क भिसा दिन्छौ, नेपाल आए पछि कहा जान्छन, के गर्छन, केही मतलब गर्दैनौ ? जहा निगरानी कम्जोर हुन्छ अपराध गर्न सहज हुन्छ त्यहा अपराधीहरुले अखाडा बनाउनु स्वभाविकै हो । हाम्रो अन्तरराष्ट्रिय विमानस्थल अपराधीहरुको गतिविधि माथि रोक लगाउन सकेको छैन । राज्य प्रणालीको कमजोरीले पनि चिनियाको नेपालमा घुसपैठ बढेको छ । चिनियाहरु गल्ती गर्नै सक्दैनन् भने मानसिकताबाट नेपालका केही राजनितिक दल र बुद्धिजिविहरु पनि ग्रसित छन र चिनियाहरुको देवत्वकरण गरिदिएका छन । नेपालमा फैलिदै गएको चिनियाको अपराध संजाल माथि रोक लाग्नु आवस्यक छ ।
विगत केही समय यताका घट्नाहरुको मात्रै चर्चा गर्ने हो भने पनि गत साउन १६ मा एक लाख चिनिया युआन सहित चिनिया नागरिक ंहो·हो· एयर चाइनाको विमानबाट चिन जाने क्रममा विमान स्थलबाट पक्राउ परेका थिए । बरामद रकमको श्रोत उल्लेख खुलाउन नसके पछि उनलाई प्रहरीले अपराधिक गतिविधिको रकम नै भएको ठहर गरेका थिए । त्यसै गरी गत असार २७ मा चिनिया नागरिक लिया·जु· पक्राउ परे, उनले नेपाली युवालाई थाइल्याण्डमा रोजगारीको प्रलोभनमा म्यानमार पु¥याइ बन्धक बनाएका थिए । सयौं नेपाली युवालाई चिनिया गिरोहले म्यानमारमा बन्धक बनाइ अनलाई ठगीका काममा लगाउदै आएका छन । यस अपराधमा सामेल दुई जना पक्राउ पनि परेका छन । त्यसै गरि जाओ झि· पि· नाम गरेका एक जना चिनिया नेपालमा कल तथा एसएमएस वाइपासको धन्दा चलाउदै आएका थिए । उनलाई सहयोग गर्ने चिनिया नागरिक लि जेन र यु लान गिरफ्तारी पश्चात रिहा भए पनि मुख्य अभियुक्त हिरासत मै छन । विदेशी मुद्रा तथा हुण्डीको कारोवारमा सामेल फे· चा· वेन मलेसिया जान लाग्दा विमान स्थलबाट पक्राउ परे । गत जेठ २१ गते पक्राउ परेका चिनिया नागरिकको नेपाल सिटिजन बैंकमा करोडौं रुपैया जम्मा थियो । उनी नौ लाख नेपाली रुपैया तथा ५० हजार कमबोलियन डलर सहित पक्राउ परेका थिए ।
अवैध कल सेन्टर चलाएर ठगी गर्ने नौ चिनिया सहित १९ जनालाई प्रत्ररीले गत १३ चैतमा काठमाण्डौंबाट पक्राउ गरेका थिए । अनलाईन व्यापारमा धेरै पैसा कमाउन सकिने लोभ देखाएर उनीहरुले धेरै नेपालीलाई ठगेका थिए । या· लि मि·लाई गत फागुनमा बाल यौन दुरव्यवहारमा पक्राउ गरिएको थियो । विद्युतीय चुरोट भित्र सुन लुकाएर तस्करी गरेको घटनाको छानविन प्रहरीले गरिरहेको छ ।
यसमा नेपालका केही प्रभावशाली नेताको पनि हात रहेको आशंका छ । २०७९ को बैशाखमा अध्यागमन विभागले २२ जना चिनियालाई पक्राउ गरेको थियो । अवैध कल सेन्टरबाट अपराधिक संजाल चलाएको सुचनाको आधारमा तिनलाई पक्राउ गरिएको थियो तर राजनितिक दवाबमा छाडियो । ७ पुष २०७६ मा प्रहरीले चिनिया अपराधिक अखाडामा छापामारी गरी एक सय २२ जनालाई एकै पटक पक्राउ गरेको थियो । चिनिया नागरिकलाई पनि ठगेका कारण चिनिया सरकारले कठोरता देखाइ प्लेन नै चाटर गरी उनलाई स्वदेश लगेको थियो । सुन तस्करी लगायतका अपराधमा चिनको चासो देखिएको छैन ।
गत वर्ष जेठमा ४ चिनिया नागरिक ३ करोड ७९ लाख रुपैया सहित काठमाण्डौंमा पक्राउ परेका थिए । सुन तस्करी वापत कै त्यो रकम भएको अनुमान छ । २०७८ को असारमा बाघको छाला सहित ठमेलबाट पक्राउ परेका सो चिनिया समुहले अवैध जुवा देखि डलर तस्करी समेतका काम गर्दै आएका थिए । विगतमा एटिएम ह्याकि·मा पनि चिनिया नागरिक पक्राउ परेका थिए । त्यस्तै अवैध डलर लैजान खोज्दा पनि पक्राउ परेका थिए । वन्य जन्तु सम्बन्धी अपराधमा पनि विगतमा धेरै चिनिया विगतमा पक्राउ परिसकेका छन । विवाहको आवरणमा नेपाली युवतिलाई चिनमा तस्करी गर्ने आरोपमा पनि पक्राउ परेका छन । नेपाल मै बस्न कतिपयले नेपाली अहिला संग विहे गरेर म्यारिज भिसा लिएका छन र अपराध जन कृयाकलापमा सामिल छन । उनिहरुले विजनेस भिजा लिएको र व्यापारको आवरणमा अपराधिक संजाल चलाउदै आएको देखिन्छ । नेपालमा अवैध अस्पताल चलाएर पनि ठगिगरेको घटनामा विगतमा १३ चिनिया चिकित्सकलाई पनि पक्राउ गरी कारवाही गरिएको थियो । विमानस्थलबाट मात्रै होइन तातो पानी र रसुवा नाकाबाट पनि उनीहरु सुन तस्करीमा पक्राउ परिसकेका छन । २०७४ सालमा बरामद भएको ८८ किलो सुनका नाइके चिनिया नागरिक ठमेलको होटलमा बस्दै आएका थिए । कारवाही हुन लाग्दा उनी भागेका थिए ।
चिनिया गिरोहले काठमाण्डौंमा सुरक्षँ दृष्टिकोणले सम्वेदनशिल ठाउका घरहरु भाडामा लिएर संगठित रुपमा सुन तस्करी, हुण्डी लगायत अपराधको संजाल चलाउदा पनि सुरक्षा निकायले सुइको पाउन सकेनन् । गत साउन ३ मा तस्करीको करिब एक क्वीन्टल सुन बरामद भए पनि राजस्व अनुसन्धान विभागले राजधानीका अति महत्वपुर्ण एर्व सम्वेदनशिल ठाउमा चिनिया गिरोहका अखाडा फेला पार्नुलाई सामान्य घटना मान्न सकिंदैन । पक्राउ परेका मध्ये गिरोहको उच्च तहमा आवद्ध दावाछिरि· ठमेलमा भियना होटल चलाउथे भने कपुरधारामा ब·्ला भाडामा लिएर बस्दै आएका थिए । सामान्य होटल चलाउने उनको जिवन सैली अरबपतिको व्यापारीको जस्तो थियो । त्यस्तै तस्करी गिरोहमै संलग्न थुपतेन छिरि· पानी पोखरी स्थित कम्फर्ट हाउजि·को अपार्टमेन्टमा ६० हजार भाडा तिरेर बस्दै आएको अनुसन्धान अधिकारीको दावी छ । चिनिया नागरिक जि क्वी· लिन पनि त्यही पक्राउ परेका थिए । त्यस्तै एक चिनियाले त धुम्बाराहीमा मासिक डेढ लाख भाडा पर्ने घरमा बस्दै आएका थिए । बालुवाटावरमा र नयाबजारमा त उनीहरुले सुन लुकाउने गोदामनै भर्सत राखेका थिए । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८९–०८० मा ४२ जना चिनियालाई पक्राउ गरिएको हो । संगठित अपराधमा चिनियाको संलग्नतालाई चिन्ताको विषय मानिएको छ ।
पर्यटक तथा विजनेस विजामा लामो समय देखि नेपालमा बस्दै आएका दर्जनौ चिनिया यस्तो अपराधमा संलग्न पाइनु दुरभाग्य पुर्ण हो । सुन तस्करीमा एक चिनिया र चिनिया मुलका अन्य दुई विदेशी नागरिक पक्राउ परिसकेका छन । अन्य नौ चिनियाको पहिचान भइसकेको छन । दुई जना त चिन भाग्न लाग्दा विमान स्थलबाट हालै पक्राउ परेका छन । भन्सारका कर्मचारी देखि राजनितिक दल सम्म सम्बन्ध बनाएका उनीहरुले नेपाललाई कसरी अपराधको ट्रन्जिट बनाउन चाहेका छन, यसको पनि उजागर नेपाल प्रहरीले गरेको छ ।
राष्ट्र बैंकका एक अकास प्राप्त अधिकारीका अनुसार संगठित रुपमा आर्थिक अपराध गर्दा अनौपचारीक कारोवार बढ्छ, त्यो भनेको अर्थतन्त्रका लागी पक्कै पनि राम्रँे होइन । सुन तस्करी, हुण्डी लगायतका अपराधले राजस्व अशुली देखि विदेशी मुद्रको संचिति सम्म असर पार्छ । अनौपचारी अर्थतन्त्र बढ्दै जांदा राज्यको नियन्त्रण कम्जोर हुन्छ त्यसका लागि राज्यका संस्थाहरुलाई बलियो बनाउनु पर्छ । राज्य संयन्त्रले यस्ता गतिविधिलाई रोक्नु आवस्यक छ ।
भनिन्छ, चिनमा गरिवि छैन, सम्पन्ता छ, त्यहाका जनता खुसी छन तर नेपाल जस्तो आर्थिक रुपले कम्जोर देशमा पर्यटक भिसा, विजनेस भिसा र म्यारेज भिसामा आएर नानाथरिका अपराधिक र अवैध कृयाकलापमा तिनको संलग्नतालाई हेर्दँ त चिनियाहरु नेपाली भन्दा पनि गरिव र दरिद्र छन भने प्रमाणित हुन्छ । नेपालका बामपन्थी र उग्रदक्षिणपन्थीहरु नेपाल र नेपाली जनताको हितलाई ध्यानमा राखी चिन र चिनियालाई देवत्वकरण गर्ने काम बन्द गर्नु पर्छ, चिनियाहरुको नेपाल बसाइलाई सुक्ष रुपले निगरानी गर्नु आवस्यक भएको छ । अतिथीको सत्कार गरौं तर अपराधिकको होइन ।
चिनियाहरुको अवैध धन्दा
Facebook Comments Box