spot_img
Homeदेशमधेशठा.रा.ब. क्याम्पसलाई व्यवस्थित बनाउछौं–मेयर सिंह

ठा.रा.ब. क्याम्पसलाई व्यवस्थित बनाउछौं–मेयर सिंह

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ साउन ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजलाई यस क्षेत्रकै गौरबको रुपमा कायम राखिरहन सरोकारवाला सबै एक हुनु पर्ने बताउनुभएको छ ।
ठाराब क्याम्पसले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा मेयर सिंहले क्याम्पसको गौरबलाई यथावत राख्न पठन पाठनलाई स्तरीय बनाउन जरुरी रहेको बताउनुभयो ।
क्याम्पसको भौतिक संरचना मर्मत तथा निर्माणका लागि महानगर लगानी गर्न तयार रहेको भन्दै उहाले त्यसका लागि क्याम्पस प्रशासनलाई आवश्यक योजना ल्याउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नवनियुक्त क्याम्पस प्रमुख रञ्जित प्रसाद यादबले आफूहरु क्याम्पसको शैक्षिक वातावरण चुस्त बनाउन लागिरहेको भन्दै त्यसका लागि महानगरको साथ अपरिहार्य रहेको बताउनु भयो ।
उहाले क्याम्पसका सबै प्राध्यापकहरु एक जुट भएर यहाको शैक्षिक वातावरण सुधार्न प्रतिबद्ध रहेको भन्दै त्यसका लागि अध्ययन गर्ने विद्यार्थी एवं सबै राजनीतिक दल तथा सरोकारवालाहरुको सकारात्मक साथ खोजेको बताउनुभयो ।
पूर्व क्याम्पस प्रमुख ललन द्विवेदीले ६० वर्ष भन्दा पुरानो विल्डिङमा अहिले क्याम्पस चलिरहेको भन्दै संरचना निर्माणमा केन्द्रबाट सहयोग हुने नदेखिएकाले महानगरको साथ खोज्नु परेको बताउनुभयो । उहाले वीरगंजलाई नै सफा सुन्दर बनाउने अभियानमा मेयर हिंडिरहनु भएकाले वीरगंजकै अधिकांस विद्यार्थीले अध्ययन गर्ने थलो र यहाले नै अध्ययन गर्नुभएको धरोहरलाई विशेष ध्यान दिनुहुनेछ भन्ने विश्वास लिएको छु भन्नु भयो ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख अनिल रमण, बिनोद प्रसाद साह, गीता श्रेष्ठ, प्रध्यापक संघका डा.प्रमोद कुमार कुशवाहा, कर्मचारी संघका किशोरी चौधरी लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -