सहारा दैनिक

spot_img
Homeदेशमधेशझै–झग्डाका क्रममा कुटपिटबाट घाइते अन्सारीको मृत्यु

झै–झग्डाका क्रममा कुटपिटबाट घाइते अन्सारीको मृत्यु

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ साउन ।
पर्सागढी नगरपालिका वडा नं. ४ स्थित बर्वाटोलमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ ।
पर्सा जिल्ला पर्सागढी नपा वडा नं. ४ निवासी जुमदिन अन्सारीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
पर्सागढी न.पा. वडा नं. ४ बर्वाटोल स्थित अलि महम्दको घरमा स्थानीय अतुल्लाह अंसारी वीच झै–झग्डाका क्रममा कुटपिट हुंदा अली महम्दको २८ वर्षीय छोरा जुमदिन अन्सारीको टाउकोमा गम्भिर चोट लागेर घाईते भएका थिए ।
गम्भिर घाइते भएका अन्सारीलाई तत्काल प्रहरी टोलीले उद्दार गरी उपचारको लागि वीरगंज स्थित नारायणी अस्पतालमा ल्याउदा निजको स्वास्थ्यमा सुधार नभए पछि थप उपचारको लागि एल.एस. न्यूरो अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


मृतक अन्सारीका भाइले अतुल्लाह अन्सारीको बहिनीलाई भगाउने प्रयास गरेको विषयमा साउन २० गते राती भएको झै–झगडाको क्रममा कुटपिटबाट गम्भिर घाइते भएका जुमदिन अन्सारीको एल.एस. न्यूरो अस्पतालमा उपचारको क्रममा बुधवार विहान ०५ः१५ बजेको समयमा मृत्यु भएको जिप्रकाले जनाएको छ ।
सो घटनामा संलग्न अतुल्लाह अंसारी र बच्चाबाबु अन्सारी भन्ने वकिल अन्सारीलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धानको क्रममा भारतको केरलामा बस्ने अतुल्लाह अन्सारीको बहिनीलाई मृतकको भाईले फोन सम्पर्क गरी भगाउने प्रयास गरेको भन्ने विषयमा विवाद भई अतुल्लाह अन्सारी समेत तिन जनाले जुमदिन अन्सारीलाई काठको चिर्पटले टाउकोमा प्रहार गरी गम्भीर घाईते तुल्याएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान मुद्दा अन्तर्गत थप अनुसन्धान गरिरहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -